२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष जेल

२०७५, १४ मंसिर शुक्रबार १०:१२

मङ्सिर १४, सिन्धुपाल्चोक | जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । 

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई ७० हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । 

दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबरर्जस्ती करणी गरेका थिए । पटक-पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ ले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’ विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबरर्जस्ती करणीको तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो । 

श्रेस्तदार पौडेलका अनुसार साउनदेखि यता सम्बन्ध विच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन