2026-08-25 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अग्नी पीडित शिक्षकलाई भूपू विधार्थीको सहयोग

चिसाङ शेर्पा | मंसिर १४, खोटाङ | दिक्तेलका अग्नी पीडित शिक्षकलाई भूपू विधार्थीहरुले आर्थिक सहयोग गरेकोे छ । दिक्तेलस्थित सरस्वती माविका भूपू विधार्थीहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका स्थानीय अग्नी पीडित सोही विद्धालयका शिक्षक कृष्ण कुमार श्रेष्ठलाई डेढ लाख वढी आर्थिक सहयोग गरेको हो ।

गएको कार्तिक २३ गते बिहान लागेको भिषण आगोले घरसहित सम्पुर्ण जलेर बिचल्लीमा परेका श्रेष्ठलाई सो विद्धालयबाट २०५२ सालमा एसएलसी (एसईई) उतिर्ण गरेका ४१ जना विधार्थीले फेसबुक ग्रुप च्याटमार्फत १ लाख ५६ हजार ८५० रुपैयाँ आर्थिक सहयोग गरेको भूपू विधार्थी छत्र थापाले जानकारी दिए । गु्रप च्याटबाट संकलित रकम विधार्थी विमला सैंजु राईको खातामा जम्मागरी शुक्रबार विद्धालयमा अग्नी पीडित शिक्षक श्रेष्ठलाई प्रअ ध्यानबहादुर राईले रकम बराबरको चेक हस्तान्तरण गरे ।

अग्नी पीडित शिक्षकले शिक्षा दिएका विधार्थीहरु काठमाण्डौ, भक्तपुर, बनेपा, बीरगञ्ज, धरान, गाईघाट, अमेरिका, लण्डन, क्यानाडा, जापान, कुवेत, दुबाई, पोर्तुगलमा विभिन्न पेशामा रहेर फेसबुकमार्फत एक भई सहयोग जुटाइएको अभियान्ता कृष्ण बजगाँईले बताए । अग्नी पीडित गुरुको जसरी त्यो दिनबाट घरसँगै मन जल्यो सोही दिनबाट गुरुको जलेको मनमा मल्हम लगाउन आतुर भयौं । पिडामा आफूहरु मूर्छित भयौें । अभियान्ता बजगाँईले भने, ‘त्यसैले रातादिन नभनी खाईनखाई चारैतिर छरिएर रहेका विधार्थीहरु मिलेर सानो सहयोग जुटाएका हौं ।’ 

सहयोग रकम ग्रहणपछि विधार्थीहरुलाई अग्नी पीडित श्रेष्ष्ठले आफूले लगाएको गुनभन्दा दुःखमा पर्दा सम्झिएकोमा धन्यवाद प्रकट गरे । आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका÷अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन