२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

फेरिएन चलन, महिनावारि भएको बेला गोठमै सुत्छन बैतडीका महिला

२०७५, १६ मंसिर आईतवार १३:१०

कृष्ण बिष्ट | मङ्सिर १६, बैतडी | बैतडीका महिला तथा किसोरीहरुमा महिनावारी भएको बेला गरीने व्याभारमा परिवर्तन आउन सकेको छैन । रुडिबादि परम्पराको सोच यथावत रहेकाले महिनावारी भएको बेला गर्ने चालचलनमा परिवर्त आउन नसकेको हो । महिनावरी भएको बेला भित्रै सुतेमा देबिदेवता रिसाउने, साखा सन्तानलाई पिडा हुने जस्ता नकारात्मक सोचका कारण महिनावरी भएको बेला गोरस समेत नखाइ ६ दिन सम्म गोठमै सुत्ने गरेको महिलाहरुले बताएका छन । 

पहिल्यै देखि यस्तो चलन रहेकाले आफुहरु महिनावरी भएको बेला गोठमै सुत्ने गरको पाटन १० कि स्थानिय महिला जानकि लुहारले बताइन । महिनावरी भएको  बेला गोरस खाएमा गइबस्तुले गोरस दिदैनन, देबिदेवता रिसाउछन भन्ने पुरानो सोच कायम रहेको उनले बताइन । पाहिले दखिनै चलिआएको यो परम्परा अहिले एक्कासि छोड्न नसकिने अर्की महिला हरु चुनाराले बताइन । हाम्रा सासु ससुराहरु पनि यो परम्परालाई यसरि नै मान्दै आएकाले  चटक्कै यो परम्परालाइ छोड्न नसकिने उनले बताइन । 


गाइबस्तुकै गोरसबाट बनेको दुध, घिउ देबिदेवताको मन्दिरमा चढाउनु पर्ने भएकाले महिनावरी भएको बेला गोरसलाई नछुने गरेको अर्की स्थानिय सरस्वती अवस्थीले बताइन । “गाइभैसीकै घिउबाट देबिदेवताको मन्दिरमा बत्ती बाल्ने र प्रसादको रुपमा गाईको दुध चँडाउनुपर्ने भएकाले छाउ भएको बेला गाइबस्तुको गोरसलाई छुदैनौ” उनले भनिन । 

महिनावारी भएको समयमा घरपरीवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्दविश्वासकै कारण महिलाहरु अहिले गोठमै सुत्ने गरेको स्थानिय करबिर सार्कीले बताए । पहिला छाउ तथा सुत्केरी भएको समयमा घर भित्र प्रवेश गर्न नहुने भन्ने अन्धविश्वासका कारण ग्रामिण भेगका महिलाहरुले गोठमा बस्नु पर्ने बाध्यता कायमै रहेको उनले बताए ।


बिद्यार्थीहरुमा भने केहि परिवर्तन आयो, छाउ भएको बेला बिद्यालय जान्छन किसोरी 

बैतडीका किसोरिहरुमा भने महिना वारी  भएको ब्याभारमा केहि परिवर्तन आएको छ । महिनावारी भएको बेला पहिले बिद्यालय जादैन्थे भने आज भोली बिद्यालय जाने गरेका छन । गोठमा नभइ आफ्नै कोठा नजिक अलग्गै सुत्ने गरेका छन ।  बाटोमा देविदेवताको मन्दिरहरु हुने भएकाले देउताहरु रिसाउने, नराम्रो हुन्छ भन्ने सोचाइमा परिवर्तन आएको छ । 


पाटन नगरपालिका वडा नं १० कि गिता सार्की दिदि बहिनि महिनावारि भएको बेला पनि बिद्यालय जाने गरेको बताउछिन । उनले भनिन “हामिहरुले ५ ६ कक्षामा पढ्दाका बखतमा छाउ भएको बेला बिद्यालय गइन्नथ्यो, देवताको मन्दिर पर्छ बाटोमा देबि देवता रिसाउछन, देवता रिसाएपछि कुलका लागी राम्रो हुन्न नजानु भन्नुहुन्थ्यो बुबाआमाले, तर आजभोली बुबा आमाले नि जानु भन्नु हुन्छ” उनले भनिन । किताबहरु पनि नछौ बिद्या सफल हुन्न, बिद्या रिसाउछ भन्नुहुन्थ्यो” उनले अघि भनिन “आजभोलि महिनावारि भएको बेला पनि गृहकार्य पनि गरिन्छ” । पहिले पहिले आमा बुवाहरुले महिनाबारि भएको बेला  किताब पढ्न पाइदैन्थ्यो भने आज भोली निर्धक्क भएर किताब पढ्न पाएको उनिहरुले बताएका छन । 

 बिद्यालयमा पनि बिद्यार्थी साथीहरुले छाउ भएकी केटीलाई न छोउ बिरामी हौला भन्नुहुन्थ्यो आजभोली त बिद्यालयमा साथीहरुले हेर्ने दृष्टीकोणमा पनि परिवर्तन आएको छ साथीहरुले केहि भन्नुहुन्न, सरहरुले पनि केहि भन्नु हुन्न” उनले भनिन । बिद्यालय नजिकै देवताको मन्दिर भएपनि आजभोली बिद्यार्थीहरु मन्दिर परिसर तिर नजाने र बिद्यालयमा आउने गरेको पाटन १० स्थित सरस्वती मा.बी.  का प्रध्यानाध्यापक लोकराज भट्टले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा