२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मोटर मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

१७ मंसिर २०७५, सोमबार ०४:४१

मङ्सिर १७, टीकापुर | आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । 

टीकापुर नगरपालिका–७ खैरीमा राति ८:३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईले बताउनुभयो । 

मोटरसाइकल चालक पवन पाण्डेको हात भा“च्चिएको छ, उहा“को कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डन्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ । मोटरसाइकल चालक पवनका जीवान्नद मामा र विष्णु भिनाजु रहेको पारिवारिक स्रोतले जनाएको छ । 

यस्तै टीकापुर नगरपालिका वडा नं २ बन्दीपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी घाइते भई उपचारका लागि कोहलपुर लगिएकोमा उहा“को पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । 

मृतक जीवानन्द र विष्णुको शव टीकापुर अस्पतालमा राखिएको छ भने चौधरीको शव पनि कोहलपुरबाट टीकापुर ल्याउन लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य