२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मोटर मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

२०७५, १७ मंसिर सोमबार ०४:४१

मङ्सिर १७, टीकापुर | आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । 

टीकापुर नगरपालिका–७ खैरीमा राति ८:३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईले बताउनुभयो । 

मोटरसाइकल चालक पवन पाण्डेको हात भा“च्चिएको छ, उहा“को कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डन्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ । मोटरसाइकल चालक पवनका जीवान्नद मामा र विष्णु भिनाजु रहेको पारिवारिक स्रोतले जनाएको छ । 

यस्तै टीकापुर नगरपालिका वडा नं २ बन्दीपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी घाइते भई उपचारका लागि कोहलपुर लगिएकोमा उहा“को पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । 

मृतक जीवानन्द र विष्णुको शव टीकापुर अस्पतालमा राखिएको छ भने चौधरीको शव पनि कोहलपुरबाट टीकापुर ल्याउन लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस