२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७५, १७ मंसिर सोमबार ०४:५४

मङ्सिर १७, दमौली | बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् । 

म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति १०:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । 

ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् । गन्धर्वको शव दमौली अस्पतालमा राखिएको छ । 

त्रासको वातावरण अन्त्य गर्न सांसद श्रेष्ठको अनुरोध 

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले भानु नगरपालिकाको विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवालाई तत्काल नियन्त्रण गरी जनतामा त्रासको वातावरण अन्त्य गर्न माग गर्नुभएको छ । 

भानु नगरपालिका–२ ढल्केवरमा शनिबार साँझ चितुवाको आक्रमणबाट १० वर्षीय अमृत गुरुङको मृत्यु भए पछि प्रेस विज्ञप्ति प्रकाशित गरी सांसद श्रेष्ठले बालबालिका यसरी घर आँगनमै वन्यजन्तुको शिकार बन्नुपर्ने अवस्था निकै दुःखद् भएको बताउनुभयो । 

चितुवाको निरन्तर आक्रमणको अवस्थाको अन्त्य गर्न तथा नरभक्षी चितुवालाई यथाशीघ्र नियन्त्रणमा लिई नागरिकमा व्याप्त त्रास र आतङ्कको वातावरण अन्त्यका लागि सांसद श्रेष्ठले सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस