२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

शरीरभरि मासुको पोको बोकेर जिउँदै छन् महोत्तरीका धनेश्वर

१७ मंसिर २०७५, सोमबार ०७:४३

धनवीर महतो | मङ्सिर १७, महोत्तरी | महोत्तरी गौशाला–१ का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि नै मासु पलाएको छ । उहाँको शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) पलाएको छ । उहाँको शरीरमा मकैको दानादेखि आलुजस्ता मासुका थैला रहेका छन् । 

आफ्नो शरीरमा पलाएको मासु देखेर आफ्ना साथीलेसमेत घिन मानेपछि स्कूल पढ्दापढ्दै १० कक्षा पास नगर्दै आफ्नो पढाइको यात्रालाई उहाँले टुङ्ग्याउनुप¥यो । “साथीहरु मलाई देखेर परपर भागेको, घिन मानेको सहनै सकिन, स्कूल जानै छाडेँ । सँगै पढेका साथी अहिले कहाँ कहाँ पुगिसके”, उहाँले गुनासो गर्नुभयो । 

उहाँले शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) छ । मकैको दानादेखि अण्डा वा आलु जत्रा मासुका थैला सुत्दा, बस्दा पोको पेलिएर असह्य दुख्छ । सुत्न बस्न नमिलेर छटपटिँदै रात काट्दाको सकस बयान गरी साध्य नभएको उहाँ बताउनुहुन्छ । 

“जिउभरि फोकैफोका छन्, सानोतिनो कामबाहेक अरु केही गर्न सक्दैनन्, गहुँरगो वस्तु बोक्न–उठाउन पनि सक्दैन तर के गर्नु श्रीमान् हो, माया त आखिर लाग्छ नै’’ धनेश्वरकी श्रीमती तिलादेवी महतो बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “श्रीमान्को अवस्था हेरेर उहाँभन्दा बढी पीडा आफूलाई नै महसुुस हुन्छ, तर के गर्नु सबै सहेर बस्नुपर्छ ।” उहाँ थप्दै भन्नुहुन्छ, “ज्यान यस्तो छ, औषधि उपचार पनि नगरेको होइन, हजारौँ रुपैयाँ खर्च भइसक्यो तर, अलिकति पनि ठीक हुने नामै छैन । ठीक भइदिए त अर्को जुनी पाएको जस्तो हुन्थ्यो ।” 

उहाँको यो समस्या जन्मजातदेखि नै हुन् । धनेश्वरको शरीरमा जन्मदै औँलामा एकमात्र गिर्खा थियो । उहाँ झण्डै एक वर्षको हुँदा घरपरिवारले त्यो गिर्खालाई लौवा (हजाम) बाट काट्न लगाएपश्चात् दिनदिनै शरीरभरि मासुको डल्ला पलाएको आमा रामवति देवी महतोले सुनाउनुभयो । उहाँले भन्नुभयो, “जन्मदा दाहिने हातको एउटा औँलामा एउटा गिर्खा मात्र थियो, पछि त्यसलाई काटेपछि विस्तारै शरीरभरि नै मासु पलायो”, उहाँले भन्नुभयो, “कष्टदायी आवाजमा व्यथा सुनाउँदै थप्नुभयो, “हामीले त हातमा हुँदा राम्रो देखिँदैन, तेल मालिस गर्नसमेत असहज हुन्छ, त्यही भएर काट्न लगायौँ तर त्यसको पाप हामीलाई छोडेर मेरो छोरालाई लाग्यो”, भन्दै भक्कानिनुभयो । 

भनिन्छ, दैव नै दाहिने भएन भने कसको के लाग्छ र ! दैवको देन होस् वा मेरो कर्मको फल जे छ त्यो त छँदैछ, तर मैले जस्तो पीडा अरु कसैले भोग्न नपरोस् भन्ने भगवान्सँग कामना गर्छु । यो निको नहुने रोगको भूमरीमा अथाह दुःख कष्टका साथ जीवनमा जिउने भन्ने मैले अठोट गरिसकेको छु”, धनेश्वरले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, ‘‘अपाङ्गताका नाममा विभिन्न संस्थाहरु खुलेका छन्, सरकारले पनि ठूलो धनराशि खर्चेको छ तर मजस्ता व्यक्तिका लागि अहिलेसम्म कुनै सहयोग आइपुगेको छैन ।’’ 

वर्षौंदेखिको यो अथाह पीडाको सागरमा उहाँलाई घरपरिवार तथा छोराछोरीले पनि असाध्यै माया एवं स्नेह दिँदै आएका छन् । ‘‘परिवारकै मायाले मलाई बाँच्ने हिम्मत बढेको छ’’ उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो