२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

शरीरभरि मासुको पोको बोकेर जिउँदै छन् महोत्तरीका धनेश्वर

२०७५, १७ मंसिर सोमबार ०७:४३

धनवीर महतो | मङ्सिर १७, महोत्तरी | महोत्तरी गौशाला–१ का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि नै मासु पलाएको छ । उहाँको शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) पलाएको छ । उहाँको शरीरमा मकैको दानादेखि आलुजस्ता मासुका थैला रहेका छन् । 

आफ्नो शरीरमा पलाएको मासु देखेर आफ्ना साथीलेसमेत घिन मानेपछि स्कूल पढ्दापढ्दै १० कक्षा पास नगर्दै आफ्नो पढाइको यात्रालाई उहाँले टुङ्ग्याउनुप¥यो । “साथीहरु मलाई देखेर परपर भागेको, घिन मानेको सहनै सकिन, स्कूल जानै छाडेँ । सँगै पढेका साथी अहिले कहाँ कहाँ पुगिसके”, उहाँले गुनासो गर्नुभयो । 

उहाँले शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) छ । मकैको दानादेखि अण्डा वा आलु जत्रा मासुका थैला सुत्दा, बस्दा पोको पेलिएर असह्य दुख्छ । सुत्न बस्न नमिलेर छटपटिँदै रात काट्दाको सकस बयान गरी साध्य नभएको उहाँ बताउनुहुन्छ । 

“जिउभरि फोकैफोका छन्, सानोतिनो कामबाहेक अरु केही गर्न सक्दैनन्, गहुँरगो वस्तु बोक्न–उठाउन पनि सक्दैन तर के गर्नु श्रीमान् हो, माया त आखिर लाग्छ नै’’ धनेश्वरकी श्रीमती तिलादेवी महतो बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “श्रीमान्को अवस्था हेरेर उहाँभन्दा बढी पीडा आफूलाई नै महसुुस हुन्छ, तर के गर्नु सबै सहेर बस्नुपर्छ ।” उहाँ थप्दै भन्नुहुन्छ, “ज्यान यस्तो छ, औषधि उपचार पनि नगरेको होइन, हजारौँ रुपैयाँ खर्च भइसक्यो तर, अलिकति पनि ठीक हुने नामै छैन । ठीक भइदिए त अर्को जुनी पाएको जस्तो हुन्थ्यो ।” 

उहाँको यो समस्या जन्मजातदेखि नै हुन् । धनेश्वरको शरीरमा जन्मदै औँलामा एकमात्र गिर्खा थियो । उहाँ झण्डै एक वर्षको हुँदा घरपरिवारले त्यो गिर्खालाई लौवा (हजाम) बाट काट्न लगाएपश्चात् दिनदिनै शरीरभरि मासुको डल्ला पलाएको आमा रामवति देवी महतोले सुनाउनुभयो । उहाँले भन्नुभयो, “जन्मदा दाहिने हातको एउटा औँलामा एउटा गिर्खा मात्र थियो, पछि त्यसलाई काटेपछि विस्तारै शरीरभरि नै मासु पलायो”, उहाँले भन्नुभयो, “कष्टदायी आवाजमा व्यथा सुनाउँदै थप्नुभयो, “हामीले त हातमा हुँदा राम्रो देखिँदैन, तेल मालिस गर्नसमेत असहज हुन्छ, त्यही भएर काट्न लगायौँ तर त्यसको पाप हामीलाई छोडेर मेरो छोरालाई लाग्यो”, भन्दै भक्कानिनुभयो । 

भनिन्छ, दैव नै दाहिने भएन भने कसको के लाग्छ र ! दैवको देन होस् वा मेरो कर्मको फल जे छ त्यो त छँदैछ, तर मैले जस्तो पीडा अरु कसैले भोग्न नपरोस् भन्ने भगवान्सँग कामना गर्छु । यो निको नहुने रोगको भूमरीमा अथाह दुःख कष्टका साथ जीवनमा जिउने भन्ने मैले अठोट गरिसकेको छु”, धनेश्वरले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, ‘‘अपाङ्गताका नाममा विभिन्न संस्थाहरु खुलेका छन्, सरकारले पनि ठूलो धनराशि खर्चेको छ तर मजस्ता व्यक्तिका लागि अहिलेसम्म कुनै सहयोग आइपुगेको छैन ।’’ 

वर्षौंदेखिको यो अथाह पीडाको सागरमा उहाँलाई घरपरिवार तथा छोराछोरीले पनि असाध्यै माया एवं स्नेह दिँदै आएका छन् । ‘‘परिवारकै मायाले मलाई बाँच्ने हिम्मत बढेको छ’’ उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला