२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

अनुपस्थित हुने क्रम बढेपछि छात्रालाई सेनेटरी प्याड

१७ मंसिर २०७५, सोमबार ०९:५२

मङ्सिर १७, दमौली | महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । 

महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएपछि उक्त संस्थाले विद्यालयमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने ८० छात्राहरुलाई धुन मिल्ने सेनेटेरी प्याड वितरण गरेको हो । 

पोखरा डेज संस्थाद्वारा उपलब्ध गराइएको रु ६० हजार बराबरको सेनेटरी प्याड सहितको झोला छात्रालाई हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष नोमा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सेनेटरी प्याड वातावरणमैत्री रहेको र तीन वर्षसम्म प्रयोग गर्न सकिन्छ । 

“महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुनाका साथै विद्यालय आएको समयमा महिनावारी भयो भने पनि कक्षा नै छाडेर नै जाने गरेका छन्,” विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले भन्नुभयो, “तीन÷चार दिनसम्म पनि विद्यालय नआएको तथ्याङ्क छ ।” 

कक्षा १० मा अध्ययनरत मूर्तिकला उपरकोटीले महिनावारी हुँदा लाजका कारण विद्यालय आउन नसक्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय आएको समयमा महिनावारी भयो भने बिदा मागेर घर जाने गरेकी थिएँ तर अब भने त्यस्तो समस्या हुँदैन ।” 

केही समयअघि मात्रै ब्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयका छात्रालाई उक्त प्याड वितरण गरेको र ब्यास नगरपालिका–१ कै निर्मल माध्यमिक विद्यालय र कास्कीको सहारा आधारभूत विद्यालयमा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालीम सञ्चालन गरिएको उक्त संस्थाका अध्यक्ष थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान