२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया– झन्डा मेला महोत्सव समापनः बिभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित

१८ मंसिर २०७५, मंगलवार १४:५२

राम नारायण पंडित | मङ्सिर १८, सिरहा । सिरहाको मिर्चैयामा झन्डा मेला महोत्सबमा आयोजकद्धारा बिभिन्न क्षेत्रका ब्यक्तिहरु सम्मानित भएका छन् । मिर्चैया ५ स्थित झन्डा टोलमा सम्पन्न श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवको सातौं दिन सोमबार आयोजकले  मेलामा सहयोग गर्ने अन्नदाता, चन्दादाता, सहयोगी, नागरिकसमाज, बुद्धिजिबी, प्रशासन, संचारकर्मी लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेका छन् । 

मेला समितिका अअध्यक्ष राजेन्द्र साहको अध्यक्षता तथा मिर्चैया जेष्ठ नागरिक समाजका अध्यक्ष राधाकृष्ण साहको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा सहयोगी हातहरुलाई सम्मान गरिएको समितिका कोषाध्यक्ष रुकेश साहले बताए । 

मेलाको अन्तिम दिन मनोरंजनका लगि हेलो मधेश लाईभ कन्सर्ट कार्यक्रम अयोजना गरिएको थियो । जसमा चर्चित गायक राम मण्डल, भागवत मण्डल, सन्नु कुमार, कमला मण्डल जस्ता कालाकारहरुको रंगारंग प्रस्तुति रहेका थिए । 


संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले मंसिर ११ गतेदेखि सुरु भएको मेला महोसबमा महाविरको झण्डा ६० फिट अग्लो निर्माण गरिएको थियो । मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस लगायतका खेलतमाशाको समेत आयोजना गरिएको थियो । आज बिधिबत रुपमा सम्पन्न भएको महोत्सवको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य