२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा पतंजली योग समितिको भवन शिलान्यास

१९ मंसिर २०७५, बुधबार ०६:४६

राम नारायण पंडित | मंसिर १९, सिरहा । सिरहाको मिर्चैयामा पतंजली योग समितिको भवन एक कार्यक्रमकोबिच शिलान्यास गरिएको छ । योगलाई निरन्तारता दिनका लागि मिर्चैया नगरपालिका बडा नं. ८ स्थित भबनको सिरहा निर्वाचन क्षेत्र नं. ४ ‘क’ का प्रदेशसभा सदस्य दिलिप साहले मंगलबार शिलान्यस गरेका छन् । भवन शिलान्यास गर्दै  सांसद साहले संसदीय बिकास कोषको १४ लाख रकम भवन निर्माण लागि सहयोग गर्ने प्रतिबिद्धता ब्यक्त गरेका छन् । उक्त क्रममा भवन निर्माणका लागि बिभिन्न ब्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । 


भवनका लागि रामभरोस साह मेमोरियल ट्रष्ट मिर्चैयाका अध्यक्ष तथा समाजसेवी रामप्रताप साह (भोला) ले दुई कठ्ठा जग्गा दान गरेका छन् ।  जग्गाको अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ रहेको बताइएको छ । भवनको निर्माण २०७५ भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । 

मिर्चैया नगरपालिका बडा नं. ८ का वडाध्यक्ष जगत नारायण यादवको अध्यक्षता तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साहको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पतञ्जली योग समिति प्रदेश नं. २ का प्रमुख हरिहर चौधरी, पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, उपाध्यक्ष भरत महासेठ, सचिव रामप्रताप यादव, सल्लाहकार प्रदीप तिवारी, सिकिया यादब, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र बहादुर भण्डारी लगायत व्यापारी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पतंजली योग समिति मिर्चैयाको आयोजना भएको कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान