२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोलबजार व्यापार संघको मतदान सम्पन्न, ९ बजे रातिदेखि मतगणना हुने

२१ मंसिर २०७५, शुक्रबार १५:४०

राम नारायण पंडित | मङ्सिर २१, सिरहा । सिरहाको गोलबजार व्यापार संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा ९१ प्रतिशत मत खसेका छन् । 

संघमा १७ सय ७३ मतदाता रहेको मध्ये १६ सय ३ मतदाताले मतदान गरेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । आज विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ९०.९२ प्रतिशत मत खसेको उनले बताए । मतगणना आजै राति ९ बजेदेखि हुने निर्बाचन अधिकृत सिंहले बताएका छन् । संघको संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका छन् । 


भरत अग्रवाल अध्यक्ष रहेको प्यानलबाट महेश साह प्रथम उपाध्यक्ष, महेश यादव व्दितिय उपाध्याक्ष, विजय कुमार साह कोषाध्यक्ष, सोहेव अनवर महासचिव र  सचिवमा अरुण कुमार सिंह चुनावी मैदानमा रहेका छन् । त्यसैगरी, महिला सदस्यमा समृका कुमारि महतो र सदस्यहरुमा विनोद कुमार साह, कविलदेव साह, दीपेन्द्र कुमार राउत, रामश्रृंगार साह तेली, हिरा यादव, अनिल कुमार लामा, दीनेश कुमार यादव, बैजनाथ शर्मा रहेका छन् । 

यता, जीवछ साह अध्यक्ष रहेको प्यानलबाट प्रथम उपाध्यक्षमा अशोक कुमार साह, व्दितिय उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा विजय कुमार साह, महासचिवमा राकेश प्रसाद साह, सचिव सुनिल कुमार महतो, महिला सदस्यमा रेखा कुमारी तामाङ्ग चुनावी मैदानमा रहेका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः मदन कुमार साह, सतिश चन्द्र सिंह, रामकुमार साह, राकेश कुमार यादव, वीरेन्द्र सिंह, प्रमोद कुमार साह, समिम मियाँ, उमेश कुमार सिंह रहेका छन् ।


स्वतन्त्रको रुपमा रामकुमार सिंह सचिव पदको लागि मैदानमा छन् भने विनोद कुमार दहाल र हरिकिशोर साहले सदस्य पदका लागि चुनावी मैदानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान