२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म अवलोकन गरिदिन प्रधानमन्त्रीको आग्रह

२०७५, २३ मंसिर आईतवार ०८:५१

मङ्सिर २३, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गर्नुभएको छ । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि आज सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता दोहो¥याउनु भएको हो । 

उहाँले भन्नुभयो, “भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन हुन्छ, गर्न दिन्न भन्नेमा मेरो प्रयास जारी छ ।” उहाँले कुनै पनि राज्यका जिम्मेवार पदाधिकारी र कर्मचारीलाई आफू मातहतका व्यक्तिसँग नगिर्ने गरी काम गर्न आग्रह गर्दै भन्नुभयो, “मैले भ्रष्टाचार गर्न मन्त्रीहरु र मुख्यमन्त्रीसँग गिर्नुपर्छ, त्यस्तो म गर्दिन र अरुले पनि नगर्नुहोला । तलकाको नजरमा नगिर्नुस्, माथिकालाई खुशी पार्नु पर्ने छैन । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र असहिष्णु नीति रहनेछ ।” 

उहाँले ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक प्रतिवेदनमा भ्रष्टाचारको सूचकाङ्कलाई आगामी दिनमा सकारात्मक र व्यापक फेरबदल ल्याउने गरी काम गरिने विश्वास व्यक्त गर्दै नागरिक समाज र सञ्चार क्षेत्रले पनि त्यसमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

सो संस्थाको पछिल्लो प्रतिवेदनअनुसार नेपाल विश्वका १८० मुलुकमध्ये १२२ औँ स्थानमा छ । भ्रष्टाचार हुनुमा ७७ प्रतिशत राजनीतिक र ६६ प्रतिशत प्रशासनिक क्षेत्रलाई दोषी देखाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्व मुख्यसचिव दामोदर गौतम, अभियन्ता केदार खड्कासहितले समाजका तर्फबाट प्रधानमन्त्री ओलीलाई आफ्ना सङ्कल्प व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो । उहाँहरुले आयोगलाई सशक्त र प्रभावकारी बनाउन, मन्त्रालयबाट हुने ठेक्कापट्टासम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट नगर्न सुझाव दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ