२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

व्यवसाय र व्यवसायीको सुरक्षामा बिशेष ध्यान आग्रह

२०७२, ७ पुष मंगलवार ०२:५२

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दाङका उद्योगी व्यवसायीहरुले सुरक्षित वातावरणको व्यवस्था गर्न स्थानिय प्रशासन सँग आग्रह गरेका छन् ।

नयाँ प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेलाई सोमबार आफ्नै कार्यालयका स्वागत गर्दै दाङ जिल्ला उद्योग बाणिज्य संघले व्यवसाय र व्यवसायीको सुरक्षामा विषेश ध्यान दिन आग्रह गरेको हो ।

सबै क्षेत्रबाट व्यवसायीहरु मारमा पर्ने अबस्था आएको भन्दै शान्ति सुरक्षा, व्यवसायीक सुरक्षा र आफुहरु माथी लाग्ने लान्छानालाई ध्यान दिदै व्यवसायीक बाताबरण बनाईदिन संघले आग्रह गरेको हो ।

संघका अध्यक्ष हेमराज बन्जाडेले सामान्य अबस्था देखी नाकाबन्दीको सकसमा पनि उपभोक्ताहरुको हितमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । तर व्यवसायीहरुको बदनियत गर्ने उदेश्यले विभिन्न पक्षबाट चलखेल हुने भन्दै अध्यक्ष बन्जाडेले त्यसतर्फ प्रशासन अनुगमन र समन्वयलाई ध्यान दिन आग्रह गर्नुभयो । आफुहरु उपभोक्ताको अधिकार र न्यायका लागि सदैव प्रतिबद्ध रहेको भन्दै उहाँले कुनै व्यवसायीले गल्ती गरे कार्वाहीका लागि आफुहरुले सघाउने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी काफ्लेले आर्थीक बिकासको आधार भनेकै व्यवसायीहरु भएको भन्दै ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने बाताबरण आफुले बनाउने बताउनुभयो । सबैलाई निति नियम अनुसार व्यवसाय सञ्चालन गर्न र उपभोक्ताको अधिकारलाई प्राथमिकता दिनु सुझाब दिनुभयो ।

सबै व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभुती दिलाउन र दाङको बिकासमा आफु संरक्षकको भुमिकामा बस्ने प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिनुभयो । संघका बाणिज्य उपाध्यक्ष नारायण भुसालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा संघको बारेमा निबर्तमान अध्यक्ष मधुसुदन बैद्यले जानकारी गराउनुभएको थियो भने महासचिब दिपक सुबेदीले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी