२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा १२ वर्षीय बालक मृत अवस्थामा फेला

२०७५, २४ मंसिर सोमबार ०६:४८

मङ्सिर २४, महेन्द्रनगर | कञ्चनपुरमा एक १२ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ४ अत्तरिया घर भएका १२ वर्षीय बालक विवेक वम मृत अवस्थामा भेटिएका हुन् । उनको शव घरदेखि २ सय मिटरको दुरीमा रहेको छिमेकीको घरको पछाडीपट्टी गँहुको भुसा राखिएको खुल्ला सटरमा भेटिएको प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए।

प्रहरीका अनुसार सोमबार बिहान ५ बजे बालकको शव भेटिएको थियो ।

परिवार र स्थानीयले बालक गँहुको भुसा राखेको स्थानमा भेटेपछि जिउँदै हुनसक्ने आशामा बोकेर घरसम्म पुर्याएको प्रहरीले जनाएको छ । मृत बालक ढाँडमा निलडाम, कानबाट रगत बगेको, नाकमा चिल्लो पदार्थ लागेको र दिसा गरेको अवस्थामा भेटिएका थिए । 

परिवारका सदस्यले भने हत्या गरिएको हुन सक्ने आशंका गरेका छन् । प्रहरीले मृत्यु शंकास्पद नै रहेको भन्दै अनुसन्धान शुरु गरिएको बताएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्यु के कति कारणले भएको खुल्ने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस