२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेतालाई गाली गर्नुभन्दा काम गरेर देखाउँ: जवरा

२०७२, ७ पुष मंगलवार ०२:५६

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष उदय शम्सेर जवराले राजनीतिक संस्कारको बिकास लागि सुचना प्रबिधीको अधिक्तम प्रयोग गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल तरुण दल दाङले सोमबार नेता कार्यकर्ता भेटघाट तथा संबिधान बारे जानकारी बिषयक घोराहीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष जवराले पुरानै राजनीतिक संस्कारबाट अहिलेको परिबेशमा मुलुक रुपान्तरण हुन नसक्ने बताउनुभयो ।

प्रबिधीको बिकासका कारण बिश्व एउटा सानो सहर झै भईसकेको सन्र्दभमा आजका युवाहरु पनि बिश्वमा भईरहेको राजनीतिक, आर्थिक, समाजीक, सांस्कृति लगायतका बिकासको अध्ययन गरि परिर्वतनमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली काग्रेसका तर्फबाट सांसद रहनुभएका जवराले पाटीका नेताहरुलाई गाली गर्न नहुने बताउनुभयो । गाली गर्नु भन्दा उहाहरु भन्दा सृजनशील काम गरेर देखाई राजीतिक प्रतिस्पर्धामा उत्रनु पर्नेमा सुझाब दिनुभयो ।

नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीको अध्यक्षतमा भएको कार्यमक्रममा नेपाली काग्रेसका नेतृ एबम सांसद अनिता देबकोटाले नेपालमा सबैको अधिकार सुनिश्चीत भएको संबिधान भएको बताउनुभयो । उहाले संबिधानको अन्तर बस्तुको बारेमा बस्ती बस्तीमा जानकारी गराउनु पर्नेमा जोड दिनुभयो ।

अब संबिधानबाट नागरिकले प्राप्त अधिकारको बारेमा जानकारी गराउनु पर्छ उहाले भन्नुभयो । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य जन्मजय तिमिल्सेना,नेपाली काग्रेस दाङका उपसभापति नारायण बिसी,नेबिसंघका केन्द्रिय सदस्य युवराज खडका,नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेत, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा महरा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नम्वर ४ का अध्यक्ष रमेश मल्लले स्वागत र जिल्ला सदस्य धु्रब आचार्यले सहजीरकण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल