sdn l3ld/].d+l;/@$.kfFry/.kfFry/sf] ;'Vvf u|:tIf]q s'Ddfos ufpFkflnsfn] c9fO{ dlxgfsf] cjlwdf kfgL a]r]/ $ nfv &% xhf/ ?k}ofF cfDbfgL u/]sf] 5 . kfgLsf] rsf]{ ;d:o"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... sdn l3ld/].d+l;/@$.kfFry/.kfFry/sf] ;'Vvf u|:tIf]q s'Ddfos ufpFkflnsfn] c9fO{ dlxgfsf] cjlwdf kfgL a]r]/ $ nfv &% xhf/ ?k}ofF cfDbfgL u/]sf] 5 . kfgLsf] rsf]{ ;d:o"/>
2026-11-01 11:23 PM
पाँचथर - PCT

पानी बेचेरै लाखौँ कमाई

कमल घिमिरे।मंसिर२४।पाँचथर।पाँचथरको सुख्खा ग्रस्तक्षेत्र कुम्मायक गाउँपालिकाले अढाई महिनाको अवधिमा पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

  पानीको चर्को समस्या रहेको वडाबासीलाई गत असोज ८ देखि हालसम्म ६ लाख ६८ हजार लिटर पानी बेचेर गाउँपालिकाले उक्त आम्दानी गरेको हो ।

यसवर्ष सुख्खापना छिट्टै सुरु भएपछि गाउँपालिकाले वडाबासीलाई ६० पैसाका दरले प्रतिलिटर पानी रसिद कटाएर असोज देखि नै घरघरमा उपलव्ध गराउँदै आएको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको श्रोतको रुपमा कृषि उपज, वन पैदावर र करपछि पानी देखिएको छ । तर गाउँपालिकाले भने पानी वितरण गरेर भएको आम्दानीले डिजेलको मूल्य तिर्न, ट्याङ्कर र ट्रयाक्टर मर्मत गर्नसँगै चालकलाई तलब दिन पुग नपुग हुने गरेको जनाएको छ ।

अल्पकालीन रुपमा भाडा तिर्ने गरी अर्को एउटा ट्याक्टर लिने सोचमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद भट्टराईले वताउनुभयो । अघिल्लो वर्षभन्दा पनि यसवर्ष पानीको मुहान थुप्रै सुकेकाले गाउँपालिकाको कार्यालयमा पानीको माग गर्दै रसिद कटाउनेहरुको भीड बढेकोले ट्याक्टर भाडामै भएपनि लिन आवश्यक देखिएको उहाँले वताउनुभयो ।

   गाउँपालिकामा एकैदिन १ लाख ५० हजार लिटरसम्म पानीको माग आउने गरेको जनाएको छ । तर गाउँपालिकाले प्रति दिन २० हजार लिटरसम्म पानी उपलव्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द