२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुलाकी सडकको काममा अवरोध

२०७५, २५ मंसिर मंगलवार ०५:२६

मङ्सिर २५, लहान | लामो समयसम्म मुद्दाको फैसला नहँुदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ । 

उक्त सडकखण्डअन्तर्गत स्वर्णपट्टीस्थित देउरी–९ (ख) को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर ९ (क) मा निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने धर्मेन्द्र साहले २०७४ माघमा उच्च अदालत जनकपुर इजलास राजविराजमा दायर गरेको रिटमा अन्तिम फैसला नहुँदा सडक निर्माणमा अवरोध सिर्जना भएको हो । 

रिट दायर भएपछि अदालतले तत्काल त्यस स्थानमा सडक निर्माण काम नगर्न अन्तरिम आदेश दिएका कारण अहिले त्यहाँ काम रोकिएको उक्त सडकखण्डका कन्ट्रयाक्टर व्यवस्थापक बिनोद गौतमले जानकारी दिनुभयो । 

अदालतमा विचाराधीन मुद्दा चाँडै फैसला भएमा आउँदो चैतभित्र काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको पनि उहाँले बताउनुभयो । विसं २०७६ असार २० गतेसम्म सडक निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ फागुनभित्रै काम सकिने गरी तीव्ररूपमा सडक निर्माणको काम भइरहेको छ । अदालतमा परेको रिटमा फैसला नआउँदा निर्माणकार्यमा समस्या भइरहेको उहाँको भनाइ छ । 

गत मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकको काम ५५ प्रतिशत सकिएको छ, व्यवस्थापक गौतमले भन्नुभयो, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्भर्ट निर्माण भइसकेको छ, अहिले एक हजार ४०० मिटर दाँयाबाँया फुटपातसँगै नाला निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।” ती काम सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

डिवा निर्माण प्रालि काठमाडौँले १७ दशमलव २८ किलोमिटर लामो (बजार क्षेत्रमा ११ र बजार बाहिर सात मिटर चौडाइ) कालोपत्रे गर्ने उक्त सडकखण्ड रु ५८ करोड तीन लाख ९७ हजारमा निर्माण ठेक्का लिएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस