२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको बडिगाड खोलामा र्याफ्टिङ परीक्षण सफल

२५ मंसिर २०७५, मंगलवार ०८:०३

मङ्सिर २५, गुल्मी | जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावती) खोलामा र्याफ्टिङको सफल परीक्षण गरिएको छ । 

चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको पाँच सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेपछि सत्यवती–५ को साहा घाटदेखि सत्यवती–१ को रुद्रवेणीसम्म करीब पाँच किलोमिटर भन्दा बढी दुरीमा र्याफ्टिङ गरी व्यावहारिक परीक्षण सम्पन्न गरिएको छ । 

 

गाउँपालिकाका अध्यक्ष परिसर ढकालले डुङ्गामा चढेर र्याफ्टिङको उद्घाटन गर्नुभएको थियो । त्यसपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीको नेतृत्वमा कर्मचारी टोलीले गाइडको साथमा उक्त दुरी तय गरेको थियो । साथै पथप्रदर्शनको लागि दुईवटा कायाकिङको समेत व्यवस्था गरिएको थियो । 

कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकता दिई अगाडि बढिरहेको गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रूपमा र्याफ्टिङ व्यवसायलाई सञ्चालन गर्ने सोच रहेको गाउँपालिका प्रमुख ढकालले बताउनुभयो । परीक्षण पश्चात फिस्लिङबाट आएको उक्त गाइड टोलीले बडिगाड खोला निकै सम्भावनायुक्त रहेकोले प्रचारप्रसार गरी बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने बताएको थियो । 

नदीको बीचका केही ढुङगा हटाउन सकेको खण्डमा जोखिमलाई कम गर्न सकिने सुझाव टोलीको रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला