२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोखिम मोलेर तुइनबाटै तारिन्छ सवारी साधन

२८ मंसिर २०७५, शुक्रबार ०३:०५

हेमन्त केसी | मङ्सिर २८, जाजरकोट | तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् । 

भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् । चट्टान नै चट्टानले बनेको कडा भूबनोटका कारण यो सडकखण्ड निर्माणमा पनि धेरै समय लागेको छ । अहिले ट्र्याक मात्र खोलिएको यो सडकमा सहजै सवारीसाधनमा यात्रा गर्न सक्ने अवस्था नभएको डोल्पावासी बताउँछन् । 

एक सय १८ किमी लम्बाइ रहेको यो सडकखण्डमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गर्छ । विसं २०६५ मा निर्माण थालिएको यो सडकको विसं २०७५ कात्तिकमा मात्र ट्र्याक खुला गरिएको हो । जाजरकोट खण्डको रिम्ना–दल्लीसम्मको भूभाग हुँदै जाने कि रिम्ना–छेपारे वैरीताल हुँदै जाने भन्ने विषयमा विवाद हुँदा काम दुई वर्ष ढिला गरी काम शुरु भएको थियो । अन्तिममा जाजरकोटको रिम्ना हुँदै रुकुम पश्चिमको छेपारे, चिसापानीबाट जाजरकोटको वैरीताल जोडेर लैजाने सहमति भएपछि काम सञ्चालन भएको थियो । 

जाजरकोट सदरमुकामको जिरो प्वाइन्ट पासागाड–खलङ्गा र वासागाड–कालेगाउँ दोहोरो सडक निर्माण गर्नुका साथै पासागाड–खलङ्गा हँुदै कालेगाउँभन्दा पासागाड कालेगाउँ सडकखण्डको यात्रा गर्दा आधा घण्टा छिटो हुने भएकाले तल्लो सडक पनि निर्माण गरिएको थियो । 

जाजरकोट–डोल्पाको दुनैसम्म सडकको ट्र्याक खुला हुँदासम्म रुकुमको छेपारे, जाजरकोटको तल्लु, रुकुमको अनाह, जाजरकोट, रुकुम र डोल्पाको सङ्गमस्थल त्रिवेणी, डोल्पाको खदाङ, धाउनी, त्रिपुराकोटलगायत ठाउँमा ट्र्याक खुुला भए पनि पुल निर्माण गर्न बाँकी भएकाले त्यस्ता स्थानमा सवारी साधान बदलेर यात्रा गर्नु परेको यात्रुको गुनासो छ । 

हिउँदयाममा मात्र यात्रा गर्न सकिने जाजरकोट–डोल्पा सडकको वर्षायाममा यातायात सञ्चालन गर्नका लागि दर्जनभन्दा बढी पुल निर्माण गरेमा मात्र सम्भव हुने डोल्पाकी सांसद सत्य पहाडीले बताउनुभयो । 

भेरी नदी र नलगाड नदीमा ठूला आधा दर्जन स्थानमा पुल निर्माणका लागि छिटो पहल गर्नुपर्नेमा अहिलेसम्म बोलपत्र नै शुरु भएको छैन भने खमाउरी खोला, त्रात्रगाड, ताँसुगाड, जाजरकोटको तल्लु र रुकुमको गोतामकोट बीचमा रहेको भेरी नदीमा पुल र निर्माण हुन नै बाँकी छ । 

त्यस्तै रुकुमखण्डको पीपलचौरखोला, घेत्माखोलामा साना पुल निर्माण गर्न बाँकी भने डोल्पाको खदाङस्थित भेरी नदीमा ठूलो पुल र त्रिपुरकोट–जुफाल जोड्ने भेरी नदीमा ठूलो पुल निर्माणका लागि कुनै पहल भएकै छैन । दुनै हुँदै यो सडकखण्ड चीन र नेपालको सिमाना मरिम्लाबाट चीन जोड्ने लक्ष्य लिइएको छ भने कर्णाली प्रदेशको नेपालगञ्जबाट जमुनाह नाँका हुँदै भारतको रोपेडियालाई सिधा जोड्ने भएको छ । 

कहाँ कहाँबाट तारिन्छ सवारी साधन रु 

जाजरकोट–डोल्पा सडकखण्डको ट्र्याक खुला भए पनि हाल सञ्चालनमा रहेका यातायातका साधन तुइनमा तारेर सञ्चालनमा ल्याइएको छ । जाजरकोट नलगाड नगरपालिका–१२ को तल्लुबाट रुकुम पूर्वको गोतामकोट अनाहबीच रहेको भेरी नदीमा तुइनबाट यातायातका साधन तारेर सञ्चालनमा ल्याइएको छ । 

त्यस्तै डोल्पाको त्रिपुरकोट नगरपालिका–५ खदाङमा तुइनबाटै तारेर खदाङदेखि त्रिपुरकोटसम्म जीप तथा ट्र्याक्टर सञ्चालनमा ल्याइएको छ भने त्रिपुरकोट बगरबाट जुफाल जोड्नका लागि बीचमा रहेको भेरी नदीमा पनि तुइनको सहायतामै सवारी साधान तारिने गरिन्छ । 

सेनाको पहलमा यातायातका साधन तुइनबटै तार्ने व्यवस्था मिलाइएको होे । यस सडकखण्डमा सेनाले जोखिम मोलेरै निर्माणका सामग्री ल्याउनाका साथै सडक निर्माण जारी राखेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनुभयो । निर्माण थालिएको ११ वर्षपछि जाजरकोट डोल्पा सडकखण्डको ट्र्याक मात्र खुला भएको हो । स्तरोन्नति काम भने जाजरकोट खण्डमा शुरु भए पनि डोल्पा खण्डमा पुरै बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य