२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने महासंघको निर्णय

१ पुष २०७५, आईतवार ०९:३९

राम नारायण पंडित,  पौष १, सिरहा। पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई बद्नाम गराउने व्यक्तिलाई नेपाल पत्रकार महासंघ सिरहाले कारवाही गर्ने तयारी गरेका छन् । सिरहाको लहानमा शनिबार आयोजित नेपाल पत्रकार महासघ सिरहा शाखाको १० औं साधारणसभामा पत्रकारको नाममा मोटरसाईकलमा जथाभाबी प्रेस लेखेर हिड्ने केहि व्यक्तिले गलत क्रियाकलाप गरिरहेकोले त्यस्ता कार्यलाई यथासिघ्र रोक्न कारवाही गर्ने निर्णय गरेको छ । 


गैर पत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिडँदै गरेको र महासंघलाई आँच आउँने गरी आचारसंहिता बिपरित काम गर्ने गरेकोले यस्तो निर्णय गर्नु परेको महासंघको भनाई रहेको छ ।

 नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर गुप्ताको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्यामा भएको साधारण सभाले सिरहामा रहेको महासंघको भवनलाई व्यवस्थित गर्दै लहानको लागि नयाँ भवन बनाउन समिति गठन, निष्कृय पत्रकारहरुलाई स–सम्मान विदाई तथा सक्रिय पत्रकारलाई सदस्यता र नविकरण गर्ने निर्णय गरिएको छ । त्यसैगरी, विभिन्न क्षेत्रका स्राष्टाहरुलाई महासंघले बार्षिक रुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने, पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि स्थानीयतहसँग समन्वय गरी अघि बढने र महासँघको कामकाजलाई व्यवस्थित गर्न एक जना कर्मचारी नियुक्ति गर्ने साधारणसभाले निर्णय गरिएको शाखाका सभापति गुप्ताले जानकारी दिएका छन् । 

कार्यक्रममा सल्लाहकार जीवछ यादव, महासंघ सिरहा कोषाध्यक्ष मनोज बनैता, प्रेस सेन्टर प्रदेश २ का अध्यक्ष हिरालाल चौधरी, प्रेस चौतारीका  रामभरोसी महतो, प्रेस सेन्टरका आशे विक, प्रेस युनियनका शम्भु यादव, प्रेस फोरमका रवीन्द्र श्रेष्ठ, अधिकारकर्मी दुर्गा परियार र साहित्यकार अर्जुन गुप्ता  लगायतकाले मन्तव्य राखेका थिए । 

महासंघका उपाध्यक्षद्धय रामबाबु यादव र रिँकु दासले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासंघका सचिव रोयान्टर मण्डलले गरेका थिए । कार्यक्रममा ७५ प्रतिशतको हाराहारीमा महासघका सदस्य पत्रकारहरुको सहभागी रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान