२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विद्युत् महसुल नबुझाउने ३ सय ग्राहक कालो सूचीमा

२ पुष २०७५, सोमबार ०७:२७

पुस २, चितवन | नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक रहेका छन् । 

कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट रु ९५ लाख २४ हजार ७७ असुल गर्न बाँकी रहेको छ । विगत लामो समयदेखि बिजुली उपभोग गरी महसुल बुझाउन नआएका उनीहरुको तीन पुस्तेसहित कालो सूचीमा नाम प्रकाशन गरिएको हो । 

कालो सूचीमा परेका ग्राहकको लाइन काट्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । कालो सूचीमा रहेका अन्य सात जनाले बक्यौता रकम बुझाइसकेका छन् । उनीहरुबाट रु एक लाख ८४ हजार ६९२ असुली गरिएको छ । सोही क्रममा ३५० भन्दा बढीको लाइन काटी बक्यौता असुली गरिएको छ । 

वितरण केन्द्रका अनुसार हाल विभिन्न ग्राहकबाट रु ३८ करोड २९ लाख २४ हजार ६९४ बक्यौता असुल गर्न बाँकी रहेको छ । बक्यौता रहनेमा सबैभन्दा बढी ग्राहस्थ्य उत्पादन (घरायसी)को रु सात करोड ८३ लाख ३४ हजर ८३, गैर व्यावसायिक संस्थाको रु दुई करोड १९ लाख २५ हजार ६३२ रहेको छ । सिँचाइको रु दुई करोड ३१ लाख ८९ हजार ३९९, उद्योगको रु ९३ लाख ३१ हजार १४२, व्यावसायिक सङ्घसंस्थाको रु ४७ लाख १८ हजार ९८४, घरायसीबाहेक अन्य प्रयोजनका लागि रु ३७ लाख १० हजार १३६ र खानेपानी रु १० लाख ९५ हजार ११४ बक्यौता रहेको छ । 

यस्तै अस्थायी बत्तीबापत रु चार लाख २३ हजार ३२९ र मठ मन्दिरको रु दुई लाख २३ हजार ३१८ रहेको छ । राजथलाका अनुसार सबैभन्दा बढी सडक बत्तीको बक्यौता रहेको छ । सडक बत्तीबापत रु २३ करोड चार लाख ८३ हजार ४४९ भुक्तानी मिलान गर्न बाँकी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो