२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

घरेलु उद्योगजस्तै कारागार

२०७५, ५ पुष बिहीबार ०६:११

पुस ५, चितवन  (रासस) | आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका अधिकांश कैदी हस्तकलाका सामग्री बनाउन व्यस्त देखिन्छन् । 

कारागारभित्र कैदीले बाँस काट्दै गरेका, डोरी तान्दै गरेका र मुढा बुन्दै गरेको देख्न सकिन्छ । यस्तै सिलाइकटाइ, सुनचाँदीको गहना, झोला र टोपी निर्माण तथा बत्ती कात्दै गरेका पनि हुन्छन् तर अधिकांश भने व्यावसायिक रुपमै मुढा बुन्दै गरेका पाइन्छन् । यहाँको मुढाले स्वदेशका विभिन्न भागका साथै तिव्बतसम्मको बजार फैलाएकाले पछिल्लो समय उत्पादनभन्दा माग बढेपछि पूर्ति गर्न धौधौ पर्ने गरेको छ । 

अघिल्ला अघिल्ला वर्षमा महीनाको तीन हजार मुढा बजारमा जाँदा धानिएको बजार अहिले महीनाको पाँच हजार जाँदा पनि धान्न कठिन भएको कारागारभित्र काम गर्दै आउनुभएका प्रेम सुवेदीले बताउनुभयो ।

यहाँ उत्पादन भएका मुढा नेपालको पश्चिम क्षेत्रमा बढी मात्रामा जाने गरेको र अहिले झापामा मुढा उत्पादन कम भएसँगै यहाँको कारागारमा बनेका मुढाको माग बढेको उहाँले बताउनुभयो । पहिला सामान जाँदैन कि भनेर उत्पादन कम गरिन्थ्यो अहिले माग बढेर उत्पादनले धान्न नसकेको सुवेदीले बताउनुभयो । 

अहिले कारागारमा मुढा बुन्न ३०० जनाले रोजगारी पाइरहेका र उनीहरूमध्ये झण्डै आधाले त्यहीको कमाइले आफ्नो घर खर्च धान्दै आएका छन् । कारागारमा घरेलु उद्योग गर्नेको सङ्ख्या ३७० भएकामा अल्पकालीन र दीर्घकालीन रूपमा मुढा बुन्नकै लागि ३०० भन्दा बढी कैदी प्रयोग हुँदै आएको छ । कारागारमा ६६४ कैदीबन्दी छन् । कारागारका प्रमुख कमलप्रसाद काफ्ले एक कैदीले दैनिक रु ५०० सम्म मुढा बुनेरै कमाउने गरेका छन् भन्नुभयो । 

अहिले कारागारमा रहेको ज्यान मुद्दा, गैँडाको खाग चोरीपैठारीजस्ता मुद्दाका कैदीले लामो समयसम्म कैद भोग्नुपर्ने र समयको सदुपयोगसँगै परिवार पाल्नकै लागि हस्तकलाको काम गर्ने गरेको उहाँले जानकारी दिनुभयो । मुढा बुन्ने काम गर्ने कैदीले मासिक रु तीन हजार देखि १५ हजारसम्म कमाइ गर्ने गरेका छन् । 

पदमपुरका शिव चौधरी छोरी पढाउन र घर खर्च चलाउनका लागि मुढा बुन्ने गरेको बताउनुभयो । विसं २०६२ मा गैँडा मुद्दामा कैद भुक्तान गर्न थालेदेखि नै नियमित यही काम गर्दै आउनुभएका उहाँले वृद्ध बुबाआमा, श्रीमती र छोरीको खर्च यहीबाट पु¥याएको उहाँले बताउनुभयो । चौधरीले एक महीनामा रु १० हजार कमाउँदै आउनुभएको छ । यस्तै लिलाबहादुर झाडीमगरले पनि मासिक रु सातदेखि आठ हजार मुढा बुनेर कमाइ गर्ने गरेको जानकारी दिँदै छोराहरूको बिहे भइसकेपछि श्रीमतीलाई खर्च पु¥याउनका लागि उहाँले कारागारमै मुढाको कम्पनी सञ्चालन गर्नुभएको र सो कम्पनीले दुई महीनामा तीन हजार मुढा बाहिर पठाउने गर्दछ । 

कारागारमा यस्ता पाँच कम्पनीले कैदीलाई ज्यालामा मुढा बनाउन लगाउने गर्दै आएको छ । यहाँ स्थानीय मुढादेखि भान्छाका लागि खानाखाने टेबल सेटसम्मका सामान रु तीन सयदेखि २२ हजारसम्ममा बिक्री हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण