२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घातरोगको जोखिम बढ्दै

२०७५, ५ पुष बिहीबार ०८:३४

पुस ५, काठमान्डौ (रासस) |  घातरोग (स्ट्रोक) का कारण नेपालमा वर्षेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान भएको छैन । 

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका कारण मृत्यु हुने प्रक्षेपण गरेको छ । विशेषगरी मस्तिष्कघातको पहिचान र यसको उपचारमा दक्ष र गुणस्तरीय पहुँच नभएका कारण दुर्गम क्षेत्रमा यसको मृत्युदर बढी रहेको बताइन्छ । 

यसैबीच, घात रोगको उपचारमा कसरी सहयोग पु¥याउने तथा रोगको उपचारसमेत छिटोभन्दा छिटो कसरी गर्ने भन्ने ध्येयले ‘स्ट्रोक थ्रोम्बोलाइसिस २०१८’ सम्बन्धी तालीम कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । 

सिनर्जी कर्पोरेशन र नेपाल स्ट्रोक एशोसिएशनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा उपत्यका बाहिरका विभिन्न अस्पतालमा कार्यरत ३० जना चिकित्सकको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी चिकित्सकलाई घातरोगको व्यवस्थापन र उपचार विधिमाथि विज्ञ चिकित्सकले प्रशिक्षण दिनुभएको उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी निर्देशक डा मधु देवकोटाले जानकारी दिनुभयो । 

घातरोगका प्राध्यापक डा जेपी अग्रवालले शहरी क्षेत्रका समिति घातरोग उपचारको पहुँचलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न चुनौती रहेको सन्दर्भमा तालीमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । घातरोगका बारेमा जनचेतना कार्यक्रम आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । 

एशोसिएशनका अध्यक्ष प्रा डा लेखजङ्ग थापाले घातरोगको असर तत्काल देखिने हुँदा तत्काल दक्ष उपचारको आवश्यकता रहेको चर्चा गर्दै चिकित्सा क्षेत्रमा देखिएका नवीनतम् ज्ञान दिन तालीमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । विश्वमा कूल मृत्युमध्ये ८६ प्रतिशत यही रोगका कारण मृत्यु हुने सो अवसरमा जानकारी दिइयो । 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले ग्रामीण समुदायमा घातरोगका बारेमा जनचेतनाका कार्यक्रम आवश्यक रहेकोमा जोड दिँदै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने गरेका आक्रमण एवं तोडफोड हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभयो । 

कार्यकारी निर्देशक डा देवकोटाले तालीम कार्यक्रमले नयाँ पुस्ताका चिकित्सकको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालीम कार्यक्रममा विशेषज्ञ डा सञ्जय कार्की, डा मनोज कुमार, डा राम कुमार घिमिरे, डा राजु पौडेल, डा बाबुराम पोखरेल, डा पङ्कज जलान, डा विवेक रौनियार, डा अभिनास चन्द्र, एशोसिएशनका अध्यक्ष डा थापाले प्रशिक्षण दिनुभएको थियो । 

सन् २०१६ मा सो एशोसिएशन स्थापना भएको थियो । उच्च रक्तचाप, मधुमेह, धुमपान तथा मदिरापान सेवनकर्तालाई घातको बढी जोखिम हुने चिकित्सकले जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ