८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घातरोगको जोखिम बढ्दै

५ पुष २०७५, बिहीबार ०८:३४

पुस ५, काठमान्डौ (रासस) |  घातरोग (स्ट्रोक) का कारण नेपालमा वर्षेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान भएको छैन । 

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका कारण मृत्यु हुने प्रक्षेपण गरेको छ । विशेषगरी मस्तिष्कघातको पहिचान र यसको उपचारमा दक्ष र गुणस्तरीय पहुँच नभएका कारण दुर्गम क्षेत्रमा यसको मृत्युदर बढी रहेको बताइन्छ । 

यसैबीच, घात रोगको उपचारमा कसरी सहयोग पु¥याउने तथा रोगको उपचारसमेत छिटोभन्दा छिटो कसरी गर्ने भन्ने ध्येयले ‘स्ट्रोक थ्रोम्बोलाइसिस २०१८’ सम्बन्धी तालीम कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । 

सिनर्जी कर्पोरेशन र नेपाल स्ट्रोक एशोसिएशनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा उपत्यका बाहिरका विभिन्न अस्पतालमा कार्यरत ३० जना चिकित्सकको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी चिकित्सकलाई घातरोगको व्यवस्थापन र उपचार विधिमाथि विज्ञ चिकित्सकले प्रशिक्षण दिनुभएको उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी निर्देशक डा मधु देवकोटाले जानकारी दिनुभयो । 

घातरोगका प्राध्यापक डा जेपी अग्रवालले शहरी क्षेत्रका समिति घातरोग उपचारको पहुँचलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न चुनौती रहेको सन्दर्भमा तालीमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । घातरोगका बारेमा जनचेतना कार्यक्रम आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । 

एशोसिएशनका अध्यक्ष प्रा डा लेखजङ्ग थापाले घातरोगको असर तत्काल देखिने हुँदा तत्काल दक्ष उपचारको आवश्यकता रहेको चर्चा गर्दै चिकित्सा क्षेत्रमा देखिएका नवीनतम् ज्ञान दिन तालीमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । विश्वमा कूल मृत्युमध्ये ८६ प्रतिशत यही रोगका कारण मृत्यु हुने सो अवसरमा जानकारी दिइयो । 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले ग्रामीण समुदायमा घातरोगका बारेमा जनचेतनाका कार्यक्रम आवश्यक रहेकोमा जोड दिँदै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने गरेका आक्रमण एवं तोडफोड हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभयो । 

कार्यकारी निर्देशक डा देवकोटाले तालीम कार्यक्रमले नयाँ पुस्ताका चिकित्सकको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालीम कार्यक्रममा विशेषज्ञ डा सञ्जय कार्की, डा मनोज कुमार, डा राम कुमार घिमिरे, डा राजु पौडेल, डा बाबुराम पोखरेल, डा पङ्कज जलान, डा विवेक रौनियार, डा अभिनास चन्द्र, एशोसिएशनका अध्यक्ष डा थापाले प्रशिक्षण दिनुभएको थियो । 

सन् २०१६ मा सो एशोसिएशन स्थापना भएको थियो । उच्च रक्तचाप, मधुमेह, धुमपान तथा मदिरापान सेवनकर्तालाई घातको बढी जोखिम हुने चिकित्सकले जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो