४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

५ पुष २०७५, बिहीबार १०:५८

पुस ५, डडेल्धुरा (रासस) | अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

जाडोका कारण कोठामा मक्कलमा आगोका कोइला राखेर ढोका थुनी सुतेका आमा छोरा आज बिहान निसास्सिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई उपक्षेत्रीय अस्पताल पु¥याइएका थिए । अस्पतालले छोरा विनोदको करीब छ घण्टा अगाडिनै मृत्यु भएको अनुमान गरिएकोे छ । 

डडेल्धुरा सदमुकाम नजिकै रहेको वैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रहेको बुझिएको प्रहरीले जनाएको छ । मृत्यु भट्टका बुबा कामको सिलसिलामा विदेशमा छन् । 

अक्सिजन पर्याप्त रुपमा नपाउँदा निसास्सिएर १३ वर्षीय विनोद भट्टको मृत्यु भएको छ भने आमालाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रिफर गरिएको छ । अमरगढी नगरपालिका–५ डडेल्धुरा पेनेसिया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत हीरा भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ