सिरहाको नेपाल टेलिकम पालेको भरमा संचालनः सरसरफाई नहुँदा कार्यालय बन्यो कुरुप

Posted on: 21 Dec, 2018

राम नारायण पंडित | पुष ६, सिरहा । सिरहाको मिर्चैयामा रहेको नेपाल टेलिकमको शाखा कार्यालय पालेको भरमा संचालन भईरहेको छ । मिर्चैया नगरपालिका बडा नं. ७ स्थित रहेको कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेका छन् । आवश्यक कर्मचारी नहुँदा कार्यालयका पालेले नै टेलिफोनको बिल बुझने गरेका छन् । 

कार्यालयमा दरबन्दि अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेका छन् । कार्यालयमा ६ जना कर्मचारीको दरबन्दि भएपनि अहिले ३ जना मात्र कर्मचारी रहेकोले काम गर्न समस्या भईरहेको कार्यालयका पाले ब्रह्म नारायण चौधरीले बताए । उनले भने “यहाँ कर्मचारीको अभाव छ, त्यसैले हाकिमको काम पनि मलाई नै गर्नु पर्छ, म नै बिलु बुझ्छु, मेसिन बिगे्रपनि अलिअलि ठिकठाक पार्छु ।” 


कार्यालयका प्राबिधिक राजु साहले भने “यहाँ काम गर्न धेरै समस्या भईरहेको छ, कर्मचारी छैन्, हामी दुई जना प्राबिधिकलाई मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकामा फिल्डमा जानु पर्छ, स्रोत साधन पनि छैन्, आबश्यक भएको स्रोत साधन उपलब्ध गाराउन कार्यालय प्रमुखलाई भनेपनि सुनुवाई गर्दैन, ग्राहकको कुरा हामीलाई सुन्नु परेको छ ।”

ग्राहकको माँग अनुसार सेवा दिन नसकिरहेको अर्का प्राबिधिक बिरेन्द्र साहले सुनाए । उनले भने “करीब २० बर्ष पहिलादेखि पुरानै सिस्टममा कार्यालय संचालन भईरहेको छ, ग्राहकको माँग पुरा गर्न असमर्थ छ, जसोतसो एरियल कपरले धानेको अबस्था छ, अप्टिकल फाइबरको अबश्यक्ता छ, क्षमता बिस्तार गर्नुपर्छ, तर माथिल्लो निकायले ध्यान दिदैन ।”


कार्यालयमा कामका लागि पुगेका मिर्चैया ६ का जितेन्द्र यादबले भने “दुरसन्चार कार्यालयमा टेलिफोन खराब भएको जानकारी गराउँदा पनि समयमा ठिक गर्न जाँदैन, महिनौ दिन कुर्नु पर्छ अनि मात्र काम हुन्छ, के भन्नु यहाँ हाकिम को हो थाहै लाग्दैन, ईन्टरनेटमा समय समाप्त हुन ड्ट बाँकी छ तर पनि लाईन काट्यो, यहाँ हाकिमको लापरबाहीले यस्तो भईरहेको छ ।”

त्यसैगरी मिर्चैया ५ बस्ने रामबाबु महतोले भने “टेलिफोनको लाईन १० दिनदेखि खराब छ, कार्यालयमा जाँदा कसैले कुरा सुन्दैन, अटेर गर्छ, बांगोटिंगो कुरा गर्छ, यस्तो अटेर कर्मचारीलाई सरकारले कारबाहीको दायरमा ल्याउनु पर्छ ।”

यता, कार्यालयका प्रमुख गजेन्द्र प्रसाद साहले कार्यालयको बिषयमा पुर्ण रुपमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले संचारकर्मीको जिज्ञासामा बोल्न नचाहेर पन्छिन खोज्दै भने, “मलाई आएको ४ महिना मात्र भएको छ, अहिले कतिपय कुरा बुझेको पनि छैन, तपाईहरुलाई त थाहै छ, हेर्नु भो के कसो छ, यहि हो यस्तै छ, के भन्नु, बरु अर्को दिन आउनुस म तयार गरेर राख्छु, तपाईहरुलाई भन्न कागज खोजेर राख्छु ।”


२०५६ सालमा स्थापना भएको नेपाल टेलिकम मिर्चैया शाखाले गा्रहकलाई आबश्यक सेवा सुबिधा दिन नसक्दा कपिपय टेलिफोनको लाइन बन्द भईसकेका छन् भने कतिपय बन्द हुने अबस्थामा छ । ग्राहकले माँग गरेको नयाँ लाइन पनि स्रोत साधनको अभावमा जडान गर्न नसकिरहेको कार्यालयका एक कर्मचारीले बताए । टेलिकममा करीब १ हजार टेलिफोनको लाईन जडान भएपनि कार्यालयका लापरबाहीका कारणले करीब ७ सय लाईन मात्र सुचारु छन् भने ३ सय लाईन बन्द भईसकेको अबस्था छ । 


नेपाल सरकारको प्रत्यक्ष चासो रहेको यस कार्यालयमा जथाभाबी रुपमा लहरा लत्रेको र पुराना समानहरु जथाभावी कार्यालयको प्रांगनमा फालिएकोले कार्यालय कुरुप बनेका छन् । कुनै पनि कार्यालयमा सबैले देखिने गरी नेम प्लेटको बोर्ड लगाउनु पर्ने प्राबधान रहेपनि कार्यालयमा बोर्ड पनि नरहेको अबस्था छ । सरसफाईको लागि आएको बजेट कार्यालय प्रमुखले गोलमाल गरी कार्यालयलाई कुरुप बनाएको एक कर्मचारीले बताए । जम्मा ३ कोठे भवनमा संचालन भईरहेको कार्यालयमा कोठाको अभावले कर्मचारीलाई बसेर काम गर्न समेत समस्या भईरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!