२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम

६ पुष २०७५, शुक्रबार ०७:४५

 पुस ६, काठमान्डौ  (रासस) |  नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत देशभर पाँच हजार ३९७ समिति गठन गरेको छ । प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ शुरु गरेको अभियानलाई कार्यान्वयन गर्न उक्त समिति गठन गरेको हो । 

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मासाथ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सक्रियतामा कात्तिक ११ देखि शुरु भएको अभियानको कार्यान्वयनका लागि जिल्ला, पालिका, वडा, टोल र विद्यालय समिति गठन गरेको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६८ जिल्ला समिति, ६३६ पालिका समिति, दुई हजार १३२ वडा समिति, ७०५ टोल समिति र एक हजार ८५६ विद्यालय समिति गठन भइसकेका छन् । 

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी समिति गठनको कार्यले तीव्रता पाएको बताउनुहुन्छ । “अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्न उक्त समितिले महत्वपूर्ण भूमिका खेल्नेछ,”उहाँ भन्नुहुन्छ । 

विकास र सुरक्षाको अन्तनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम फल

सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न समेत यो अभियानले सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले अभियानलाई तीव्रताका लागि सञ्चालन गर्न विभिन्न चरणमा १० हजार ५६ जना प्रहरी कर्मचारीलाई प्रशिक्षक, प्रशिक्षण, अभिमुखीकरण तालीम प्रदान गरिसकेको छ । 

देशभरका ७५३ वटै स्थानीय तहमा कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि सारिएको अभियानमा हालसम्म ७४५ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको प्रवक्ता सुवेदीले बताउनुभयो । 

अभियान सञ्चालन गरेसँगै प्रहरीले फरार अभियुक्तको खोजी गर्नसमेत सहज भएको छ । तीन हजार ५७ जना फरार अभियुक्तमध्ये अभियानसँगै ७३२ फरार अभियुक्तलाई पक्राउ गरिसकेको छ । २० नाल हातहतियार, १५ राउण्ड गोली, २२५ किलो गाँजा, ५८ किलो चरेश, एक किलो हिरोइनसमेत बरामद गरेको छ । 

यसैगरी, १९ बिगाहामा गरिएको गाँजाखेती नष्ट, ७९ हजार ५४ लिटर घरेलु मदिरा नष्ट समेत गरेको छ । प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सामुदायिक सुरक्षा पाठ्यक्रम विकास, जनचेतनामूलक सामग्रीको विकास र ‘डिजिटल रिसोर्स सेन्टर’को स्थापना समेत गरिसकेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकाको सबै स्थानीय तहसँग प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा हस्ताक्षर गरेर काम गरिरहेको बताउनुहुन्छ । 

“काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहसँग साझेदारी गरेर काम अगाडि बढाइसकेका छौँ,उहाँ भन्नुहुन्छ, “प्रहरीले ल्याएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान कार्यान्वयन भएमा समाजमा हुने अधिकाशं अपराधका घटनामा कमी आउने विश्वास नेपाल प्रहरीले लिएको छ । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र