२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा एक युवकको विभत्स हत्या, यस्तो अवस्थामा शव फेला

२०७५, ७ पुष शनिबार ०९:४१

पुस ७, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो ।

धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ । आज बिहान घरभन्दा एक किलोमिटरको दूरीमा सडकमा महतोको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।


नयाँरोड बरहथवा सडकखण्डबाट हात्तीडण्डातर्फ जाने भित्रीबाटोमा सोती चोरनिया पुल नजिक टाउको क्षतविक्षत र घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको इलाका प्रहरी कार्यालय प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मोबाइलमा फोन आएपछि राति घरदेखि बाहिर निस्केको महतो अबेर रातिसम्म घर नफर्केको र मोबाइल अफ बताएपछि घर परिवारका व्यक्ति खोजतलास गर्दा महतो मृतावस्थामा फेला परेको स्थानीयवासी अशोकसिंह कोइरीले जानकारी दिनुभयो ।

मृतक महतो वाग्मती नगरपालिकाको जिरायतमा आफैँले सञ्चालन गरेको निजी विद्यालयमा पढाउँदै आएका थिए । हत्यामा संलग्नको खोजी तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

हत्यारलाई पक्राउ गर्नुपर्ने माग गर्दै आफन्त तथा स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन् । मृतकका डेढ वर्ष र चार वर्षका दुई छोरा छन् । शव उठाउन नदिएपछि कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी