२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीस वर्षमा २१ प्रतिशतले पुड्कोपन घट्यो

८ पुष २०७५, आईतवार ०७:४०

 पुस ८, काठमान्डौ (रासस) |  बीस वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ । 

सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको ‘नेपालमा पुड्कोपना न्यूनीकरण अध्ययन’ प्रतिवेदनमा तथ्याङ्क उल्लेख छ । 

पछिल्लो समय बालबालिकाको पोषण, मातृशिशु स्वास्थ्य, आमाको खानपान, खानेपानी तथा सरसफाइमा सुधार, आमा सुरक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविकाको उदाहरणीय भूमिकाले नेपालले पुड्कोपना न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताइएको छ । प्रतिष्ठानका अध्यक्ष डा महेश मास्केले विशेषगरी बालबालिकाको पोषण तथा बालस्वास्थ्यका क्षेत्रमा नेपाललले उल्लेखनीय सुधार गरेकाले पुड्कोपन घटेको बताउनुभयो । 

बालरोग विशेषज्ञ प्रा डा रमेशकान्त अधिकारीका अनुसार सन् १९७५ मा पाँच वर्षमुनिका ७० प्रतिशत बालबालिका पुड्का थिए । उहाँले भन्नुभयो, “कुपोषण नै पुड्कोपनको प्रमुख कारकत्व हो, पोषणका क्षेत्रमा पछिल्लो समय सुधार आएको छ, तर ग्रामीण क्षेत्रका बालबालिका पुड्कोपन तुलनात्मकरुपमा घट्न सकेको छैन ।” 

चिकित्सकका अनुसार गर्भधारणदेखि दुई वर्षमुनिका बालबालिकामा पुड्कोपन शुरुआत हुन्छ । राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले कुपोषण अन्त्यका लागि बहुक्षेत्रीय पोषण योजनालाई विभिन्न मन्त्रालयमार्फत कार्यान्वयन भइराखेको जानकारी दिनुभयो । 

जनस्वास्थ्यविज्ञ डा बद्रीराज पाण्डेले ग्रामीण क्षेत्रका बालबालिकामा पुड्कोपन नियन्त्रण अझै चुनौती रहेको बताउनुभयो । अध्ययनमा सहभागी राजकुमार सुवेदीले सबै प्रदेशका बालबालिकामा पुड्कोपनसम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन