२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु

२०७५, ८ पुष आईतवार ०८:०३

 पुस ८, भक्तपुर (रासस) |  मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो । 

दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेको भन्दै सुरक्षाको कारण देखाउँदै फर्किएको देवगणले पुनः नाच प्रदर्शन गरेका थिएनन् । यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचको सुरक्षा र आवश्यक खर्चलगायतको सहयोग गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको दिन साँझदेखि नवदुर्गा नाच प्रदर्शन शुरु भएको हो । 

नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले मध्यपुर थिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हँुदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यो रोकिएका कारण नगरपालिकाकै पहलमा आवश्यक सहयोग र खर्च व्यहोर्ने भएपछि नाच सञ्चालनमा आयो ।” 

नगरपालिकाका प्रमुख श्रेष्ठ सहितका जनप्रतिनिधिले नाच प्रदर्शन गर्न आग्रह गरेपछि सुरक्षाको व्यवस्था गर्न र आवश्यक खर्च व्यहोर्न माग गरी मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठसँग दुईबुँदे सहमति भएपछि यस वर्षदेखि नवदुर्गा नाच प्रदर्शन गर्न सञ्चालनमा आएको हो । 

मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म सञ्चालन हुने यो नाच पहिलो दिन हिजो साँझ दिगुटोलबाट शुरु भएर बालकुमारी गएर बालकुमारी सत्तलमा गएर बसेको छ । 

आज बिहानैदेखि बालकुमारीमा नवदुर्गाको पूजा अर्थात द्यो बोयकेगु गर्न स्थानीय बासिन्दाको बालकुमारीमा घुइँचो लागेको छ । आज साँझ लायकु, जाने नवदुर्गा एक सातासम्म दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट, गाम्चासम्म प्रदर्शन हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस