2026-10-23 08:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

घरेलु श्रममा रमाउँदै महिला श्रमिक

 संच्चिता घिमिरे  पुस ८, ललितपुर (रासस) |  वैदेशिक रोजगारीमा गएका श्रीमान् फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थाल्नुभएको थियो । 

त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र लुगा धुने भन्दै धेरैले त्यो कामलाई अपहेलना गर्थे । समाजले सम्मान नगरेपनि बाध्यताले गर्दा उहाँले काम छाड्न सक्नुभएन र निरन्तरता दिइरहनुभयो । सामाखुशी र आसपासका परिवारमा काम गर्दागर्दै उहाँ श्रमिक सङ्गठनमा संलग्न हुनुभयो । त्यतिबेला भन्दा अहिले मजदूर एक भएकाले मजदूरका अधिकार स्थापित हुँदै गएको उहाँको अनुभव छ । 

धेरै दिदीबहिनी विदेशमा घरेलु श्रमिकका रुपमा गएर दुःख पाएर फर्किरहँदा उहाँ भने खुशी भएर स्वदेशमै काम गर्नुहुन्छ । आफ्ना दिदीबहिनी र साथीलाई समेत घरेलु श्रमिकका रुपमा काम गर्न उहाँ सल्लाह दिनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशको कानून फरक भएकाले दुःख भए पनि यहाँ काम गर्दा त्यस्तो समस्या पर्दैन ।” 

घरेलु श्रमिकका रुपमा काम गर्न विदेशमा भन्दा स्वदेशमा सजिलो भएको अञ्जनाले बताउनुभयो । दिनभर काम गरे पनि बिहान साँझ आफ्ना सन्तानसँग टाढा हुनुपर्र्दैन । उहाँ एकै दिनमा दुई तीन वटा घरसम्म काम गर्नुहुन्छ । कुनै घरमा भान्साको काम मात्रै त कतै बालबालिका र कतै ज्येष्ठ नागरिकको हेरचाह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशिका आमाबुबा र छोराछोरी हेर्नु भन्दा थोरै पैसामा भए पनि नेपालीका घरपरिवारमा काम गरौं भनेर विदेशबाट फर्किएकालाई सम्झाउँछु ।” 

विदेश जानका लागि एक दशक पहिले काठमाडौँ आउनुभएको मनिषा घिमिरे अहिले बसुन्धाराको एउटा घरमा काम गर्नुहुन्छ । अरुको लहैलहैमा उहाँ साउदी अरब जाने योजना बनाउँदै हुनुहुन्थ्यो । घरेलु श्रमिकका रुपमा गएका मानिसको त्यहाँ हत्या भएको सुनेपछि डराएर स्वदेशमै केही गर्ने योजना बनाउनुभयो । 

नजिकैका घरबाट बोलाएपछि उहाँ बिहान साँझ यो काम गर्न थाल्नुभयो । अहिले भने पूरै समय एउटा परिवारका लागि काम गर्नुहुन्छ । यही कामबाट कमाएरै मनिषाले छोरालाई पढाउनुभएको छ । विदेशमा बगाउने पसिना यहीँ बगाउँदा राम्रो कमाउन सकिने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “यहाँ पनि १८ घण्टा काम गर्दा उता बराबर कमाउन नसकिएला, तर परिवार पाल्न सक्ने कमाइन्छ ।” 

काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा एकल परिवार बढ्दै जाँदा वा कामकाजी महिला बढ्दा घरेलु श्रमिकको सङ्ख्या बढ्दै छ । काम अनुसारको पारिश्रमिक नपाए पनि धेरै श्रमिकले यही कामबाट जीविकोपार्जन समेत गरिरहेका छन् । पहिले सम्मान नभएको कामका रुपमा लिइएको घरेलु श्रमलाई विस्तारै परिवार र समाजले स्वीकार गर्न थालेको घरेलु श्रमिक बताउँछन् । 

शर्मिला खत्री मैतीदेवीमा एउटी वृद्धाको स्याहार गर्नुहुन्छ । त्यस घरका श्रीमान्श्रीमती नै कार्यालय गएदेखि फर्किएर आउँदासम्म वृद्धालाई खाना र औषधि खुवाउने, लुगा धुनेलगायतका काम गर्नुहुन्छ । श्रीमान्ले अर्काे विवाह गरेपछि उहाँले यो घरमा काम शुरु गर्नुभएको थियो । 

कतिपय महिला श्रीमान्लाई आर्थिक रुपमा सहयोग गर्ने उद्देश्यले घरेलु श्रमिकका रुपमा काम गरेका छन् भने धेरैले श्रीमान्ले अर्काे विवाह गर्दा, आर्थिक सहयोग नगर्दा वा श्रीमान्ले नकमाउँदा काममा लागेका छन् । श्रीमान्ले आर्थिक सहयोग नगर्दा पनि महिलाले खान बस्नदेखि सन्तानको शिक्षा यही कामबाट पूरा गरिगरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने