Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आफैंले बोकेको गोली पड्किएर आफैँलाई लागेपछि…

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ९, काठमाडौं | आफैंले बोकेको हतियार पड्किएर इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी जवान घाइते भएका छन् ।&nbsp;<br></p><p>सोमबार बिहान ९ बजे बा १ झ ६४५० नं को मोबाइल भ्यानमा गस्तीमा गएको बेला स्थानीय थापा चौकमा पुग्दा प्रहरी जवान सन्जिव खड्काले बोकेको थ्री नट थ्री&nbsp; राईफल एक्कासी पड्कन गई घाइते भएका हुन् ।</p><p>उनको छातिको दाहिने भागमा गोली लागेको छ । खड्काको हाल बिराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।&nbsp;</p>