2026-10-18 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

कुटपिट गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

पुस ७, सन्धिखर्क | दुई साताअघि अर्घाखाँचीको डिभर्नामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक जनालाई पक्राउ गरेको छ।

सन्धिखर्क ११, डिभर्ना अमिलेकी मिना सेजवालको आफ्नै श्रीमान् कृष्णबहादुर सेजवालको निर्घात कुटपिटबाट मृत्यु भएको मृतक मिनाकी दिदी कमला भुसालको किटानी जाहेरीपछि प्रहरीले सेजवाललाई पक्राउ गरेको हो । मृतक मिनाको गत मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो।

कमलाले दिएको जाहेरीको आधारमा आरोपित कृष्णबहादुर सेजवाललाई आइतबार राति पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

पहिलादेखि नै कुटपिट गर्दै आएको र कुटपिटबाटै उनको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्। दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माइतीपक्षको माग छ।

दुई जनाबीच पहिलेदेखिनै पटक पटक झगडा हुँदै आएको र गाँउलेहरूले मेलमिलाप गराउने गरेको स्थानीयहरूले बताएका छन्। शवको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेपछि अन्तिम दाह संस्कार पनि गरिसकिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु