२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मालपोत र नापी कार्यालय निरीक्षण

२०७५, ९ पुष सोमबार १३:५६

पुष ९, अत्तरिया (रासस) | भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले आज सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मालपोत तथा नापी कार्यालयको निरीक्षण गर्नुभएको छ । 

मन्त्री अर्यालले सरकारले जग्गाको कित्ताकाट गर्न रोक लगाएकाले कित्ताकाटको अनुपात हेर्न आफूले कार्यालयहरुको निरीक्षण गरेको बताउनुभएको छ । भूउपयोग नीति बनाउने तयारी गरिरहेको सरकारले जग्गाको खण्डीकरण रोक्न कित्ताकाटमा रोक लगाएको छ । तर अंशबण्डा र बसकपत्रका हकमा भने कित्ताकाट गर्न पाइने व्यवस्था छ । अंशबण्डा गर्दा कित्ताकाट गर्न पाइने व्यवस्थाको फाइदा उठाउँदै त्यही नाममा कित्ताकाट भइरहेको निरीक्षणका क्रममा पाइएको मन्त्री अर्यालले बताउनुभयो । 

मन्त्रीको निर्देशनपछि नापी कार्यालयका प्रमुख दयानन्द जोशीले जनशक्ति पर्याप्त रहे पनि भौतिक संरचना कम भएकोले भवन निर्माणमा पहल गरिदिन माग गर्नुभयो । 

यस अघि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले कैलालीका १३ वटै स्थानीय तहका तर्फबाट जिल्लामा रहेको अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न माग गर्दै मन्त्री अर्याललाई ज्ञापनपत्र बुझाउनुभयो । सो क्रममा मन्त्री अर्यालले कैलालीमा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या रहेकाले यसबारे मन्त्रिपरिषद्ले अधिकार सम्पन्न आयोग गठन गरेर समाधान गर्ने बताउनुभयो । उहाँले अधिकार सम्पन्न आयोग गठनबारे छलफल भइरहेको समेत बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस