२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

२०७५, १० पुष मंगलवार ०५:३८

पुस १०, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् । 

प्राध्यापक सङ्घले नियुक्ति खारेज नभएसम्म आन्दोालन जारी राख्ने जनाएको छ । सङ्घका संयोजक यज्ञराज पाठकले अवैधानिक नियुक्ति खारेज र प्रमुख डा विष्टको राजीनामा समेत माग गर्नुभयो । “प्रमुखले आवेदनसमेत दिने मौका नदिई गुपचुप नियुक्ति दिए”, उहाँले भन्नुभयो । प्रमुखको काम, कर्तव्य र अधिकारमा क्याम्पसका लागि आवश्यकपर्ने शिक्षक, कर्मचारीको दरबन्दी कार्यकारी परिषद्मा सिफारिश गर्ने व्यवस्था भए पनि विष्टले एकलौटीरुपमा नियुक्ति दिएपछि एक सातादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तनाव छ । 

विभिन्न विद्यार्थी सङ्गठन आन्दोलनमा रहेका बेला प्राध्यापक सङ्घले उक्त विषयलाई लिएर सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । संयोजक पाठकका अनुसार सङ्घका ८० प्राध्यापक आन्दोलनमा छन् । “विनासूचना, विनापरीक्षा कर्मचारी राख्न पाइन्न, विधि प्रक्रिया मिच्ने काम भएको छ,” उहाँले भन्नुभयो । 

क्याम्पस प्रमुख डा विष्टले आफ्नो अधिकार प्रयोग गरेर प्रक्रियासङ्गत ढङ्गबाट आंशिक शिक्षक र कर्मचारी नियुक्त गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस