२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तीन पेट्रोल पम्पमाथि कारबाही

१० पुष २०७५, मंगलवार ०७:२७

पुस १०, हेटौँडा | पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ । 

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको परिमाण कमी गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही तीन महीना कैद र रु १० हजार जरिवाना गरिएको हो । 

यसरी कारबाहीमा परेका पम्पमा कलैया–१३ को विजय आयल स्टोर्स, कलैया–१४ को मोहम्मद आयल स्टोर्स र कलैया बधवनको शिवशङ्कर ट्रेडर्स रहेको कार्यालय प्रमुख शशीप्रसाद यादवले जानकारी दिनुभयो । कार्यालयले चितवन, मकवानपुर, बारा, रौतहट र पर्सा जिल्लाका पम्पमा गरेको अनुगमन तथा विशेष जाँचमा सो अनियमितता पाइएको जनाएको हो । 

गत असोज १८ गतेदेखि पुस १ गतेसम्म निरन्तर ४२ वटा पम्पमा गरिएको जाँचका क्रममा ती तीन पम्पमाथि कारबाही गरिनाका साथै प्रवीण आयल स्टोर्स रौतहट, अमित आयल स्टोर्स कलैया, बारा गजभवानीपुरको जयविकास आयल स्टोर्स, बाबा आयल ट्रेडर्स सिमरा र अनवर पेट्रोलियम डिस्ट्रिब्युटर्स पिपरारी बारामाथि पानि कारबाही अघि बढाइएको उहाँले बताउनुभयो । 

उक्त कार्यालयले व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानबाट उत्पादित तथा बिक्री वितरण गरिएका खाद्य सामग्रीमा समेत गुणस्तर जाँच र अनुगमन प्रक्रिया अगाडि बढाएको प्रमुख यादवले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव