२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी विमानस्थलमा दिउँसोको उडान बन्द

२०७५, १० पुष मंगलवार ०७:४२

पुस १०, धनगढी | धावनमार्ग मर्मतका लागि आजदेखि पुस १७ गतेसम्म धनगढी विमानस्थलमा दिउँसोको हवाई उडान तथा अवतरण बन्द गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको धनगढी शाखाका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्ग मर्मत गर्नुपर्ने भएकाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने बताउनुभयो । 

धावन मार्गको करीब २५० मिटर लामो भागमा चिरा परेको र केही भाग धस्सिएकाले मर्मत गर्नुपरेको उहाँले जानकारी दिनुभयो । साँझ ६ बजेपछि भने निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ–धनगढी–काठमाडौँ उडान गर्ने जनाइएको छ । 

नेपाल वायुसेवा निगमले हप्तामा तीन दिन काठमाडौँ–धनगढीको उडान भर्दै आएको थियो । यस्तै निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ–धनगढीसम्म दैनिक दुई र सौर्य एयरलायन्सले पनि काठमाडौँ–धनगढीसम्म दैनिक दुई उडान भर्दै आएको थियो । 

कम ‘भिजिविलिटी’ भएको अवस्थामा पनि उडान भर्न सक्ने बुद्ध एयरले मर्मतसम्भारका समयमा पनि साँझ हवाइ सेवा दिन लागेको जनाइएको छ । 

दैनिक झण्डै ६०० यात्रु यो विमानस्थलबाट काठमाडौँ धनगढी आवागमन गर्दै आएका छन् । लामो धावनमार्ग भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिकोे दोस्रो धनगढी विमानस्थल स्तरोन्नति भइरहेको हो (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस