२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो: अझै चिसो बढ्ने

२०७५, १० पुष मंगलवार ०७:४४

पुस १०, काठमाडौँ | राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो । 

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हँुदा अझै चिसो बढ्ने उल्लेख गर्नुभयो । “अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । 

न्यूनतम तापक्रम घटे पनि बिहानैदेखि सफा घाम लागेकाले सर्वसाधारणले केही राहत महसुस गरेका छन् । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी दीपायल, डडेल्धुरा र वीरेन्द्रनगरको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा धेरै विराटनगरको न्यूनतम ९.५ र अधिकतम तापक्रम २६.४, सिमराको न्यूनतम ५ र अधिकतम तापक्रम २६.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । 

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । रातको समयमा पनि आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी क्षेत्रका उच्च हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

भोलि बुधबार पनि देशका पश्चिमी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र पूर्वी पहाडी भेगमा सामान्य बदली रहने छ । देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता