2026-10-26 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राम्री दुर्घटनास्थलमा मृत आत्माको शान्तिका लागी मन्दिर निर्माण गरिने

शंकर के सी । सल्यान, १० पुस । २३ जनाको ज्यान जानेगरि भएको दुर्घटना स्थल दाङ तुलसिपुर उपमहानगरपालिका ३ राम्रीमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिने भएको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको त्यस क्षेत्रमा सवारी दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति भएको र अझै दुर्घटनाको क्रम नरोकिएकाले मृतआत्माको शान्तिका लागि मन्दिर निर्माण गरेर पूजाआजा गर्ने भन्दै मन्दिर निर्माण कार्य सुरु गर्न लागीएको हो ।

डीएल डान्स एकाडेमी तुलसिपुर दाङले मन्दिर निर्माणका लागी पहल शुरु गरेको जनाएको छ । क्लवका अध्यक्ष द्रोण आचार्यले एकाडेमीको कोषमा रहेको केहि रकमबाट विश्वकर्मा बाबाको मन्दिर निर्माण कार्य यसै हप्तादेखि शुरु गरिने जानकारि गराए । मन्दिर निर्माणका लागी अन्य रकम विभिन्न सहयोगी दाताहरुबाट जुटाउने पनि अध्यक्ष आचार्यले जनाएका छन् ।

सडकको छेउमा निर्माण हुन लागेको सो विश्वकर्मा बाबाको मन्दिरमा शिलालेख राखिने र शिलालेखमा सहयोग गर्ने दाताहरूको नाम उल्लेख गर्ने डीएल डान्स एकाडेमीका कोषाध्यक्ष शरद शर्माले बताए । स्थानीयहरुले पटक पटक वर्षेनी राम्रीको क्षेत्रमा सवारि दुर्घटना हुने क्रम नरोकिनुमा कुनै मृत आत्माको त्यस स्थानमा बास रहेको बताउँछन् । मन्दिर निर्माण गरेर पुजाअर्चना गरेपछि मृत आत्माले शान्ति पाउने र अनिष्ट रोकिने स्थानीयहरुको विश्वास छ । यसका साथै साँघुरो सडक, ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले पनि दुर्घटना नरोकिएको भन्दै राज्यले सडकको स्थीती सुधार गर्न चासो देखाउनुपर्ने माग नागरिकहरुले गरेका छन् ।

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय घोराहिका शिक्षक तथा विद्यार्थी चढेको गाडी गत शुक्रबार दुर्घटना भएको थियो । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाइते भएका थिए ।

अघिल्लो बर्ष पनि त्यहाँ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ त २५५८ नम्बरको ट्याक्टर रातिको समयमा पल्टीदा दुई जनाले ज्यान गुमाएका थिए ।

त्यसैगरी दुईबर्ष अघि पनि राम्रीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । त्यसको अघिलो बर्ष पनि सल्यानवाट दाङ जाँंदै गरेको जीप दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु भएको थियो । गएको असार १८ गते राती पनि यही ठाउँमा तरकारी बोकेको पिकप दुर्घटना हुँदा सल्यान बागचौर नगरपालिका ९ कोटमौला डाँगीगाउँ कमलपोखरीका ३५ वर्षीय गोरख डाँगीको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने