2026-09-19 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा किलोमिटरको आधारमा भाडादर निर्धारण, कहाँ जान कति ?

चिसाङ शेर्पा | पुष ११, खोटाङ | खोटाङमा सार्वजनिक सवारी साधनमा प्रति किलोमिटरको आधारमा भाडादर निर्धारण गरिएको छ । जिल्लाको कुनै पनि सडकहरु केन्द्रीय राजमार्गसँग नजोडिएको तथा यातायात व्यवस्था विभागबाट जिल्ला भित्र र वाहिरको भाडादर हालसम्म निर्धारण नभएको हुंदा प्रति किलोमिटर नयाँ भाडादर निर्धारण गरिएको हो ।

सोमबार जिल्लाका यातायात व्यवसायी, प्रशासन, प्रहरी, राजनीतिक दल, सरोकारवला लगायतको सर्वदलीय सर्वपक्षीय वैठकले यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ वमोजिम जिल्लाभित्र तथा जिल्ला वाहिर छुट्ने साथै जिल्ला वाहिरबाट जिल्लाभित्र प्रवेश गर्ने सवै प्रकारका सार्वजनिक सवारी साधनमा किलोमिटरको आधारमा भाडादर निर्धारण गरिएको मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले जानकारी दिए । प्रजिअले पत्रकारहरुलाई दिएको जानकारी अनुसार राजमार्गमा ठूला बसमा प्रतिकिलोमिटर ४ रुपैयाँ, कच्ची सडकमा ५० किलोमिटरसम्मको दुरीमा प्रतिकिलोमिटर ८ रुपैयाँ र ५० किलोमिटरभन्दा बढीको दुरीमा प्रतिकिलोमिटर ६ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । 

यसैगरी, जिप तथा अन्य साना सवारी साधनको हकमा राजमार्गमा प्रतिकिलोमिटर ५ रुपैयाँ, कच्ची सडकमा ५० किलोमिटरसम्मको दुरीमा प्रतिकिलोमिटर १०.५० पैसा र ५० किलोमिटर भन्दा बढीको दुरीमा प्रतिकिलोमिटर ८.५० पैसा निर्धारण गरिएको छ । निर्धारण गरिएको नयाँ भाडादर पुस १५ गतेबाट लागू हुनेछ । सर्वसाधरणबाट ट्राफिक प्रहरीको आचरण र व्यवहारमा समेत गुनासो आएकाले प्रहरी प्रमु्खले छड्के चेकजाँच गर्ने, सवारी चालक तथा सहचालकको आचरण तथा ट्राफिक नियम लगायतका विषयमा चालक तथा सहचालकलाई प्रहरीले प्रशिक्षण दिने, सवारी दर्ता तथा रुट इजाजतको कागजात सवारी साधनमा अनिवार्य रुपमा राख्ने र सात दिन भित्र एकएक प्रति सवारी कागजात स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालमा उपलब्ध गराउनुपर्ने, गाडी छुट्ने र पुग्ने समय तालिका तथा सुचनामुलक विवरण सहितको यात्रु वडापत्र टिकट काउण्टरमा राख्ने तथा टाइमिङ कार्डको अनिवार्य लागू गर्नुपर्ने र यात्रुबाट भाडा लिएपछि लामो तथा छोटो दुरीमा यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने लगायतको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई