Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सल्यानका अधिकांश विद्यालय चन्दाको भरमा सञ्चालन

By kit

पौष १२, सल्यान । जिल्लाका अधिकांश सामुदायिक विद्यालय चन्दाको भरमा सञ्चालन हुँदै आएका छन् । विद्यालय तथा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नहुँदा अधिकांश विद्यालय चन्दाको भरका सञ्चालन हुदै आइरहेका हुन् ।

सल्यान प्राथमिक विद्यालय २८७, निमावि ८७ र मावि ७३ वटा रहेका छन् । तीमध्ये १४१ वटा विद्यालयमा दरबदी शून्य छ । बाँकी विद्यालयहरुमा पनि दरबन्दी अनुसारको शिक्षक अपुग रहेको छ । जिल्लामा दरबन्दी र राहत शिक्षक नभएका ४० प्रावि, ७३ निमावि र २६ मावि रहेको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लीलाधर बपालले जानकारी दिए । ‘यो आजको समस्या होइन, धेरै पहिलेदेखिको समस्या हो,’ उनले भने, ‘अहिले दरबन्दी मिलान तथा पूर्ण वितरण समितिमा जिल्लाको सम्पूर्ण रकेर्ड पठाएका छौं, आशा छ त्यसले समाधान गर्ने छ ।’ प्राथमिक तहभन्दा निमावि र मावि तहका शिक्षक दरबन्दी बढी आवश्यक रहेको प्रमुख बपालले बताए । जिल्लामा प्रावि तहमा राहततर्फ ३५६, निमावि तहमा १०० र माविमा ६२ शिक्षक रहेका छन् । विद्यालयको दरबन्दीअनुसार शिक्षक नखटाउँदा विद्यालयमा राखिएका शिक्षकहरलाई निजी स्रोतबाट तलबभत्ता दिइँदै आइएको बन्गाड कुपिन्डे नगरपालिका–२ लाहाघाटमा रहेको जय निमाविका प्रधानाध्यापक मानसिंह विष्टले बताए ।

‘यस विद्यालयमा दुई जनामात्रै दरबन्दीका शिक्षक छौं,’ उनले भने, ‘एक राहत र बाँकी चार जना शिक्षकलाई स्थानीय स्रोत खोजेर तलब खुवाउँदै आइरहेका छौं ।’ समुदायस्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतका शिक्षकको तलवभत्ताको व्यवस्था गर्दै आएको बागचौर नगरपालिका–३ चौरपानीस्थित अमरज्योति माविका प्रधानाध्यापक झकप्रसाद डाँगील बताए । तिहारमा देउसी भैलो, स्वागत, चन्दा, सामुदायिक वनलगायतका संघसंस्थाबाट सहयोग लिएर शिक्षकलाई तलब जुटाउनुपर्ने बाध्यता रहेको डाँगीको भनाइ छ ।