२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हात्तीलाई वनभोज !

१२ पुष २०७५, बिहीबार १६:४०


पुस १२, चितवन | सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत यहाँका हात्तीलाई आज वनभोज खुवाइएको छ । 

महोत्सवस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १०० भन्दाबढी हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, स्याउलगायत विभिन्न खानेकुरा खुवाइएको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिनुभयो । 


महोत्सवको बेला एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको भट्टराईले भन्नुभयो । 

धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढ्ने र पर्यटकले रमाउँदै दृश्यावलोकन गर्ने उहाँले बताउनुभयो । 

हात्ती महोत्सवका अवसरमा युनाइटेड हात्ती सहकारी 

संस्था, ह्याप्पी हाउस, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा चितवन राष्ट्रिय निकुञ्जका हात्तीलाई वनभोज खुवाइएको हो । हात्ती महोत्सवको अवसरमा सौराहामा हात्तीका छावाबीच फुटबल, हात्ती पोलो, हात्ती दौड, हात्ती शृङ्गारलगायतका विविध कार्यक्रम गरिँदैछन् । 

महोत्सवको बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुभएको हो । महोत्सव पुस १५ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो