2026-09-01 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हात्तीलाई वनभोज !

पुस १२, चितवन | सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत यहाँका हात्तीलाई आज वनभोज खुवाइएको छ । 

महोत्सवस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १०० भन्दाबढी हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, स्याउलगायत विभिन्न खानेकुरा खुवाइएको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिनुभयो । 

महोत्सवको बेला एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको भट्टराईले भन्नुभयो । 

धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढ्ने र पर्यटकले रमाउँदै दृश्यावलोकन गर्ने उहाँले बताउनुभयो । 

हात्ती महोत्सवका अवसरमा युनाइटेड हात्ती सहकारी 

संस्था, ह्याप्पी हाउस, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा चितवन राष्ट्रिय निकुञ्जका हात्तीलाई वनभोज खुवाइएको हो । हात्ती महोत्सवको अवसरमा सौराहामा हात्तीका छावाबीच फुटबल, हात्ती पोलो, हात्ती दौड, हात्ती शृङ्गारलगायतका विविध कार्यक्रम गरिँदैछन् । 

महोत्सवको बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुभएको हो । महोत्सव पुस १५ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला