चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 28 Dec, 2018

पुस १३, चितवन । भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन् ।

आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नंको ट्रकले साइकलयात्री चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना बिहान ७ः३० बजे भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!