२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाइ उवासङ्घमा लोकतान्त्रिक समावेशी समूह विजयी

२०७५, १३ पुष शुक्रबार ०७:२४

पुस १३, बनियानी | झापाको कनकाइ उद्योग वाणिज्य सङ्घमा लोकतान्त्रिक समावेशी समूहका उम्मेदवार विजयी भएका छन् । 

आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार सङ्घको सबै पदमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार विजयी भएका हुन् । सङ्घको १६ वटा पदमा बिहीबार निर्वाचन भएको थियो । 

सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि समावेशी समूहका त्रिलोचन चिमरिया ६१३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको छ । संयुक्त प्यानलका तर्फबाट अध्यक्षका प्रत्याशी मिनाल तिम्सिनाले ४११ मत प्राप्त गर्नुभएको निर्वाचत अधिकृत प्रकाश चुँडालले जानकारी दिनुभयो । 

वाणिज्य उपाध्यक्षमा अर्जुन बोहोरा, उद्योग उपाध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी हुनुभएको छ भने महासचिवमा तुलसी विमली विजयी हुनुभएको छ । 

सङ्घको वाणिज्य सचिवमा डम्बरप्रसाद प्रसाईं ,उद्योग सचिवमा राजकुमार साह, कोषाध्यक्षमा भरतकुमार अधिकारी विजयी हुनुभएको छ । 

लोकतान्त्रिक समावेशी समूहका दीपक खतिवडा, माधव पोखरेल, झलक सिटौला, सञ्जय गजुरेल गङ्गाराम, भरत सापकोटा, सन्तोष प्रसाईं, भूमा गौतम, शान्तादेवी अधिकारी र तारामाया राई सदस्यमा विजयी हुनुभएको छ । 

कूल १३८५ मतदाता रहेको सङ्घमा १२६१ मत खसेको निर्वाचन अधिकृत चुँडालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै