२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण

१४ पुष २०७५, शनिबार ०५:१२

पुस १४, दमौली | जिल्ला बालकल्याण समितिले व्यास नगरपालिका–११ राम्चेस्थित सूर्योदय आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ । 

सिर्जनशील बालविकास संस्था पोखराको समन्वयमा समितिले विद्यालयमा अध्ययनरत २२ छात्रछात्रालाई शुक्रबार न्यानो कपडा र झोलासहित शैक्षिक सामग्री वितरण गरेको हो । 

उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बालबालिकालाई न्यानो कपडा वितरण गर्दै यसले विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण न्यानो कपडा नहुँदा विद्यार्थी विद्यालयमा अनुपस्थित हुने क्रम बढ्दो छ, न्यानो कपडाले उनीहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्ने अपेक्षा गरेका छौँ ।” 

यसैगरी रोटर्याक्ट क्लब अफ दमौली र रोटर्याक्ट क्लब मनोहरा काठमाडौँले समेत शुक्रबार व्यास नगरपालिका–११ शेरास्थित तातोपानी आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरेको थियो । 

अध्ययनकार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त विद्यालयमा अध्ययनरत २६ छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरिएको रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष विपीन श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता