२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मध्यपुरमा सकियो नवदुर्गा नाच

१५ पुष २०७५, आईतवार ०८:१५

पुस १५, भक्त्तपुर (रासस) | मध्यपुरथिमि नगरपालिकामा विगत ११ वर्षदेखि बन्द भएर यसवर्ष सञ्चालन गरिएको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन पूरा भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त नाच मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यसैवर्ष मध्यपुरथिमिमा प्रदर्शन गरिएको थियो । 

दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेकाले सुरक्षाको कारण देखाउँदै देवगणले नाच प्रदर्शन गरेका थिएनन् । 

यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचमा सुरक्षाको प्रत्याभूति र आवश्यक खर्च उपलब्ध गराउने गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको साँझदेखि प्रदर्शन गरिएको थियोे । उहाँले अब मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन कहिले नरोकिने बताउनुभयो । 

नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिको कला, संस्कृति र साँस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरिएकाले यो नाचसँगै नगरभित्रका सबै नाच, कला र संस्कृति सञ्चालन एवं संरक्षणमा नगरपालिका सक्रिय हुनेमा जोड दिनुभयोे । 

एकसातासम्म यो नाच बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट र गाम्चामा समेत प्रदर्शन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य