२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरगढीमा पर्यटक बढे

१५ पुष २०७५, आईतवार ०९:२७

पुस १५, हेटौंडा (रासस) |  ऐतिहासिक मकवानपुर गढीमा आन्तरिक पर्यटक तथा इतिहास अध्ययनकर्ताहरूको भीड बढ्न थालेको छ । 

मकवानपुरगढीको ऐतिहासिकता तथा वस्तुस्थितिसहितको राष्ट्रिय समाचार समितिले सम्प्रेषण गरेपछि र विभिन्न सञ्चारमाध्यममा प्रसारण प्रकाशन भएपछि मकवानपुर गढीमा आउने पर्यटक तथा अध्ययन टोलीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । आज मात्रै ५० भन्दा बढी समूहलाई वनभोजमा सघाएको स्थानीय व्यवसायी राजीव तामाङले बताउनुभयो । 

शनिबार पुल्चोक इञ्जिनीयरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरूको एक टोलीले ऐतिहासिक मकवानपुरगढी क्षेत्रकोे स्थलगत अध्ययन गरेको छ । प्राध्यापक डा सुधा श्रेष्ठको नेतृत्वमा उपप्राध्यापक अजयचन्द्र लालसहितको विद्यार्थी टोलीले आज ऐतिहासिक किल्लाको अध्ययन गरेको हो । इञ्जिनीयरिङ कलेजका पाँचौँ वर्षका २४ विद्यार्थी त्यहाँको इतिहाससहित गढी क्षेत्र संरक्षण र वरिपरिका क्षेत्रको संरक्षण र विकासका लागि अध्ययन, अनुसन्धान र लागत अनुमान गर्न आएका हुन् । 

गढीआसपासको क्षेत्र संरक्षणका लागि गर्न सकिने प्रयासबारे समूहले अध्ययन थालेको छ । टोलीले तीन दिन गढीक्षेत्रमा रहेर त्यहाँको भूगोल, इतिहास, वास्तुकला आदिबारे अध्ययन गर्नेछ । टोेलीलाई मकवानपुर गढी गाउँपालिकाले समेत अध्ययन कार्यमा सघाएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो । टोलीलाई इतिहासविद् केदारप्रसाद न्यौपानेले इतिहास र अन्य संरचनाबारे स्थलगत जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने