६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आठ महिनामा १७ लाख बढी राजश्व संकलन, ६ हजार बढी सवारीलाई कारवाही 

३ चैत्र २०७२, बुधबार ०२:०१

सन्तोषकुमार गुप्ता । चैत ३, भालुवाङ्ग । अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले आठ महिनाको अवधिमा ६ हजार बढी सवारी साधन कार्वाहीबाट १७ लाख बढी राजश्व असुली गरेको छ । ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा ६ हजार ४ सय सवारी साधन कार्वाहीबाट १७ लाख ३४ हजार ४ सय रुपैयाँ राजश्व असुली गरेको जनाएको छ ।

अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो कार्यक्षेत्रमा नियमित दैनिक सवारी साधन छड्के चेक जाँचका क्रममा साउन देखि फागुन मसान्त सम्मको आठ महिनाको अवधिमा उक्त सवारी साधन कार्वाहीबाट सो राजश्व असुली भएको जनाएको छ । यो राजस्व असुली छोटो समयमा पनि भालुवाङ्ग ट्राफिक प्रहरीको हकमा जिल्लाकै बढी भएको पाईएको छ, भने सबै भन्दा धेरै सवारी साधन कार्वाही गरेको समेत अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले जनाएकोे छ । जस मध्ये साउन महिनामा ७ सय ५० सवारी साधन कार्वाहीबाट २ लाख ३ हजार सय, भदौ महिनामा १ सय ५० सवारी साधन कार्वाहीबाट ५१ हजार, असोज महिनामा ३ सय सवारी साधन कार्वाहीबाट ८९ हजार १ सय र कात्र्तिक महिनामा ८ सय ५० सवारी साधन कार्वाहीबाट २ लाख ४ हजार ३ सय राजस्व संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी प्रमुख चन्द्र केसीले जानकारी दिए ।

त्यस्तै मंसिरमा ९ सय ५० सवारी साधन कार्वाहीबाट २ लाख ३५ हजार ५ सय, पुसमा १ हजार ५० सवारी साधन कार्वाहीबाट ३ लाख १ हजार ३ सय, माघमा १ हजार १ सय सवारी साधन कार्वाहीबाट ३ लाख १७ हजार र फागुन महिनामा १२ सय ५० सवारी साधन कार्वाहीबाट ३ लाख ३२ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी प्रमुख केसीले जानकारी दिए । साउन देखि फागुन मसान्त सम्ममा सबै भन्दा बढी राजश्व फागुन महिनामा संकलन भएको छ । फागुन महिनामा मात्रै १२ सय ५० सवारी साधन कार्वाहीबाट ३ लाख ३२ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गले जनाएको छ । भदौ महिनाबाट शुरु भएको थरुहट आन्दोलन, चक्काजाम र नाकाबन्दीका कारण सवारीसाधन सञ्चालनमा नआउँदा अन्य महिनाको तुलनामा भदौ, असोज, कात्र्तिक, मंसिर र पुस महिनामा कम सवारीसाधन कार्वाहीबाट थोरै राजश्व असुली भएको देखिएको प्रहरी प्रमुख केसीले बताए ।

त्यस्तै आठ महिनाको अवधिमा सवारी साधन कार्वाहीमा ट्रक टिप्पर २ हजार ५ सय ७३ कार्वाहीबाट ६ लाख ८६ हजार, बस ९ सय ३८ कार्वाहीबाट २ लाख ४६ हजार ७ सय, जीपकार ७ सय ९५ कार्वाहीबाट १ लाख ७१ हजार ३ सय, टेक्टर ३ सय २४ कार्वाहीबाट ७६ हजार ८ सय र मोटरसाईकल १ हजार ७ सय ७० कार्वाहीबाट ५ लाख ५३ हजार ६ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी सहायक निरक्षक केसीले जानकारी दिए । त्यसैगरी आठ महिना कै अवधिमा ९३ वटा मापसे फेला परेको कार्यालयले जनाएको छ । जस अनुसार साउनमा ९ जना, भदौमा ३ जना, असोजमा ५ जना, कात्तिृकमा ११ जना, मंसिरमा ९ जना, पुसमा १६ जना, माघमा २२ जना र फागुनमा १८ जना मापसे फेला पारी कार्वाहीमा गरिएको प्रहरी सहायक निरिक्षक चन्द्र केसीले जानकारी दिए । मोटरसाईकल चालकहरु एक भन्दा आर्को पटक मापसे कार्वाहीमा नदोहिरिएको प्रहरी सहायक निरक्षक केसीले बताए । ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले शुरु गरेको दैनिक तीन पटक छडके सवारी साधन चेक जाँचका क्रममा आठ महिनाको अवधिमा ट्रकले बढी ट्राफिक नियम उल्लंघन गरेको तथ्याङ्कमा उल्लेख छ । ट्रकहरुले ओभर लोड, भवरलोड, ढाला खुल्ला र अनियमित लोडका कारण कार्वाहीमा परेको केसीको भनाई छ । बसले बसको छतमा व्यापारिक समान बोक्न निरुत्साहित गरिएको, सिट क्षमता भन्दा बढी यात्रु चढाउने बसलाई यात्रुलाई ओर्राली कार्वाही गर्ने गरिएको कार्यालयले जनाएको छ । त्यस्तै मोटरसाईकल चालकले पनि साथमा कागज पत्र नलिएर, हेल्मेट प्रयोग नगरेको र तीन जना यात्रु बसालेका कारण मोटरसाईकल पनि बढी कार्वाहीमा परेको केसीले जानकारी दिए । टेक्टरको सवालमा भने अनियमित लोड, ओभरलोड र साथमा कागजपत्र नलिएर सवारी चलाएको कारण कार्वाही गरिएको कार्यालयले जनाएको छ ।

यता साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अवधिमा अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गको कार्य क्षेत्र तथा ईलाकामा १२ वटा सवारी साधनहरु दुर्घटना भएको छ, भने १० जनाको मृत्यु भएको र ३५ जना समान्य घाईते भएको तथा उपचार गरिएको प्रहरी सहायक निरक्षक केसीले जानकारी दिए । साउन महिनामा २ वटा दुर्घटनामा १ पुरुषको मृत्यु, भदौ महिनामा १ वटा दुर्घटनामा १ पुरुषको मृत्यु, कात्तिक महिनामा २ वटा दुर्घटनामा २ को मृत्यु, पुस महिनामा १ वटा दुर्घटनामा १ पुरुषको मृत्यु, माघ महिनामा २ वटा दुर्घटनामा २ को मृत्यु र फागुनमा महिनामा ४ वटा दुर्घटनामा १ महिला सहित २ पुरुषको मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिए । अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो कार्य क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको समन्वयमा संयुक्त रुपमा आफ्नो कार्य क्षेत्र भित्र तथा ईलाकाका विभिन्न ठाउँहरुमा दैनिक तीन पटक नियमित छड्के सवारीसाधन चेकजाँच कडाई बनाउनुका साथै सचेतना कार्यक्रमहरु समेत सञ्चालन गदै आएको छ । सडक दुर्घटना चालकको लापवाहीले मात्र नभई पैदल यात्री, इन्जेन खराबीका कारणबाट समेत हुने भएको हुँदा प्रहरीको एक्लो प्रयासबाट मात्र दुर्घटना न्युनिकरण नहुने प्रहरी प्रमुख केसीको भनाई छ ।

सडक दुर्घटना कम गर्न सबै पक्ष जिम्मेवार र समेवित हुन पर्ने केसीको भनाई छ । जसका लागि गाडी चालक, पैदल यात्री, विद्यार्थी, सड्क सुधार, गाडीको इन्जेन समय—समयमा सर्भिसिङ्ग गरी ट्राफिक नियमको सही रुपमा पालन गर्न सके मात्र सड्क दुर्घटनामा कमी हुने केसीको भनाई छ । यसका लागि सबैको साथ, सहयोग र सुझावको समेत आवश्यकता रहेको केसीले बताए । सवारी दुर्घटना न्युनिकरण गर्न ईलाका प्रहरी कार्यालय भालुवाङ्ग, अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्ग र सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको समन्वयमा संयुक्त रुपमा आफ्नो कार्य क्षेत्र भित्र तथा ईलाकाका विभिन्न विद्यालयमा विद्यालय केन्द्रित सचेतना अभियान, हाईवे केन्द्रित चालक, पैदल यात्रीहरुलाई ट्राफिक सचेतना, बाटो क्रस गर्ने तरिका, सरोकारवालाहरु संग समय—समयमा अन्र्तक्रिया लगायतका कार्यक्रमहरु सञ्चालन गदै आएको ईलाका प्रहरी कार्यालय भालुवाङ्ग प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्घन गर्ने जो कोहीलाई पनि नछोडिएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

यता सवारी चेकजाँच कडा बनाए पछि जीपकारमा यात्रु झुडाउने, बसमा जथाभावी यात्रु कोच्ने, सिट क्षमता भन्दा बढी यात्रु चढाउने, मापसे गरी सवारी साधन साधन चलाउने र कागजपत्र नलिई सवारी साधन चलाउने क्रम सुधार भएको र सजिलो संग यात्रा गर्न पाएको भन्दै सर्वसाधरणले प्रहरीको कार्य प्रति सह्रार्न समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने