२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दुर्घटना कम गर्न गुल्मी जिल्लामा सञ्चालित अटो रिक्समा स्टिकर

१५ पुष २०७५, आईतवार १५:०९

रमेश विश्वकर्मा | पुष १५, गुल्मी | जिल्ला ट्राफिक कार्यालयले दुर्घटना कम गर्न जिल्लामा सञ्चालित अटो रिक्समा स्टिकर टाँसिदिएको छ । रेसुङ्गा नगरपालिका भित्र सञ्चालित अटो रिक्सामा चालकले पछाडी सहजै देख्न नसक्ने भएकोले रातको समयमा टल्कने स्टिकर राख्नाले अरु गाडीहरुले सहजै देख्न सक्ने हुँदा दुर्घटना कम हुने भएकाले स्टिकर टाँस गरिएको हो । 

चालकहरुलाई रातको समयमा टल्कने स्टिकर र ट्राफिक नियमको बारेमा प्रशिक्षण समेत दिइएको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी पृथ्वीनारायण काफ्लेले जानकारी दिए । चालकलाई अटो रिक्सा तिव्र गतिमा नचलाउन, क्षमता भन्दा बढी यात्रु ओसारपोसार नगराउन, जथाभावी ठूला गाडीसँग ओभरटेक नगर्न ट्राफिक कार्यालयले अनुरोध गरेको छ । 

ट्राफिक नियम पूर्ण रुपमा पालना गदै यात्रुलाई सहज रुपमा सेवा दिन ट्राफिकले रिक्सा चालकलाई आग्रह गरेको छ । स्टिकर टाँसेर चालकहरु अनुशासित तथा स्टिकरको महत्व बुझ्न् सहज हुने छ । ट्राफिक कार्यालयले रिडी र श्रृङ्गामा सञ्चालित ट्याक्टरमा पनि स्टिकर टाँसेको हो । 

ट्याक्टर रातको समयमा बढी चल्ने र दुर्घटना हुने भएकोले ट्याक्टरको पछाडी स्टिकर टाँसेको ट्राफिक प्रमुख काफ्ले बताए । अटो रिक्सामा र ट्याक्टरमा रातमा टल्कने स्टिर टाँस्दा सडक दुर्घटना कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य ठाउँमा पनि सडक दुर्घटनालाई न्यूनिकरण गर्न यस्तो अभियानलाई अगाडि बढाइएको ट्राफिकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य