Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विमानस्थल विस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण

२०७५, १६ पुष सोमबार ०७:४०

पुस १६, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ । 

उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा दिई अधिग्रहण गर्न ढिला नगर्न जोड दिनुभयो । 

मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण सङ्कलन गरेको जानकारी दिँदै आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग भेटी निर्णय गरिने बताउनुभयो । 

उहाँले यस विमानस्थलबाट प्रदेशका १३ स्थानलगायत पोखराका लागि उडान चाँडै सुचारु गर्ने बताउँदै यस विमानस्थलमार्फत स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पुर्याउन प्रदेश सरकार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक डिपीआर तयार भएमा सङ्घीय सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सकिने बताउनुभयो । उहाँले विमानस्थल विस्तारको लागि आवश्यक जग्गाको मुआब्जाको रकमको कुनै पनि कमी नभएको बताउँदै यसलाई क्षेत्रीय अन्तरदेशीय विमानस्थलको विस्तार गरी यात्रुलाई आवश्यक सुविधा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रदेश सदस्य चुमनारायण तवदारले प्रदेशलाई उत्कृष्ट बनाउन विमानस्थल विस्तारका लागि आवश्यक रणनीति तयार गर्नुपर्नेमा जोड दिँदै यस कार्यमा सरकारलाई साथ दिने धारणा व्यक्त गर्नुभयो । 

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रदेश नं १ का उद्योग वाणिज्य कार्यालयका उपाध्यक्ष राजेन्द्र राउतले भारतको वागडोगरा विमानस्थलबाट नेपाली हवाई यात्रुको छोटो दुरीको अन्तर्राष्ट्रिय उडान न्यूनीकरणका लागि विराटनगर विमानस्थलबाट चाँडै नै छोटो दुरीको अन्तर्राष्ट्रिय उडान शुरु गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

विराटनगर विमानस्थलबाट अहिले काठमाडाँैका लागि चार वायुसेवा कम्पनीका दैनिक आवातजावत गरी २८ उडानका साथै तुम्लिङटार र साप्ताहिक रुपमा पर्वतीय उडान भइरहेका छन् । सन् २०१८ को ११ महीनामा यस विमानस्थल हुँदै चार लाख ८५ हजार ६९ यात्रुले आवतजावत गरेका थिए । 

विमान प्रयोग गर्ने यात्रुको सङ्ख्यामा यसवर्ष १४ प्रतिशतले वृद्धि भएको छ । विराटनगर विमानस्थलले आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड ४७ लाख राजश्व सङ्कलन गरेको सोही अवसरमा बताइयो । विराटनगर विमानस्थल २०२५ असार ९ गतेदेखि सञ्चालित रहेको छ । यो काठमाडौँपछि दोस्रो ठूलो विमानस्थलको रुपमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित